बिजनेस

पौषको अन्तिम सातादेखि बेनीमा सातौँ म्याग्दी महोत्सव

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर २३ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दीको उद्योग वाणिज्य संघको आयोजनामा बेनीमा आगमी पौषको अन्तिम सातादेखी सातौं म्याग्दी महोत्सवको अयोजना गरिने भएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणका लागि महोत्सव आयोजना गर्न लागिएको हो । कोरोनाका कारण थला परेको आर्थिक क्षेत्रलाई महोत्सवले राहत मिल्ने अपेक्षा आयोजकले राखेका छन् […]

साहारा सहकारीको करिब ५ करोड लगानी

विकल्प न्यूज/बेनी मंसिर ११ गते । सदरमुकाम बेनीमा सञ्चालित साहारा बचत तथा ऋण सहकारी संस्थाले ११औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार आयोजित एक समारोहबीच साधारण सभा सम्पन्न गरिएको हो । सभालाई सम्बोधन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका सदस्य देवीप्रसाद शर्मा (डिपी)ले नेपाली अर्थतन्त्रको एउटा खम्बाको रुपमा सहकारी क्षेत्रले योगदान गरिरहेको तर, सरकारी […]

दिदीबहिनी सहकारीको लगानी ११ करोड ३० लाख

विकल्प न्यूज\बेनी भदौं २६ गते । बेनीमा संचालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षको मसान्त सम्म ११ करोड ३० लाख ६१ हजार सातसय २७ रुपैयाँ लगानी गरेको जनाइएको छ । सहकारीको शनिबार सम्पन्न ११ औं वार्षिक साधारणसभामा  संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष जगत कुमारी खत्रीले सो जानकारी गराउनुभएको हो । […]

दिदीबहिनी सहकारीको नयाँ संचालक समिति चयन

विकल्प न्यूज\बेनी भदौं २६ गते । बेनीमा सञ्चालित दिदिबहिनी बचत तथा ऋण सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयन भएको छ । शनिबार बेनीमा सम्पन्न भएको ११ औं साधारणसभाबाट विष्णु गौतम सापकोटाको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको हो । समितिको उपाध्यक्षमा सुगम श्रेष्ठ, सचिवमा जगत कुमारी खत्री, कोषाध्यक्षमा अम्विका श्रेष्ठ, सह – सचिवमा कमला जिसी […]

नीलगिरि जलविद्युत आयोजनाको ७५ प्रतिशत निर्माण सम्पन्न

ठाकुरप्रसाद आचार्य / म्याग्दी साउन २३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधीन ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत आयोजनाको सुरुङ जोडिएको छ । चार हजार दुईसय ७५ मिटर लामो सुरुङको ब्रेकथ्रु भएको आयोजनाले जनाएको छ । सुरुङ जोडिएसँगै आयोजनाको समग्र ७५ प्रतिशत निर्माण पुरा भएको जनाइएको छ । नीलगिरि खोला हाइड्रोपावरले तिनवर्ष अघि […]

घारखोला जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा

ठाकुरप्रसाद आचार्य/म्याग्दी असार ६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणधिन १४ मेगावाट क्षमताको घरखोला जलविद्युत आयोजनाको ९० प्रतिशत निर्माण सम्पन्न भएको छ । आगमी मंसिर महिनादेखि व्यापारिक उत्पादन सुुरु गर्ने लक्ष्य सहित आयोजनाले निर्माणलाई तिव्रता दिएको छ । दश महिना अघि ३ हजार ५ मिटर सुरुङ मार्गको ब्रेक थ्रु भएको आयोजनाले यतिखेर सुरुङ […]

केरा खेतीले खबराको गाउँनै ढाक्यो (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज जेठ २९ गते । बेनी नगरपालिका २ खबराका किसानहरुले केरा खेतीबाट वार्षिक रुपमा एककरोड रुपियाँ गाउँमा भित्राउने गरेका छन् । यहाँका अधिकांश किसानहरुले विगत १० वर्ष देखि व्यवसायिक रुपमा केरा खेती गर्दै आएका हुन । खबराको केरा भनेपछि बेनी बजारमा खोसाखोस हुन्छ । केरा खेतीबाट राम्रो आम्दानी हुनथालेपछि अहिले गाउँ नै केरा […]

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ म्याग्दीको अध्यक्षमा शर्मा

विकल्प न्यूज\बेनी चैत २० गते ।   नेकपा एमाले निकट व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ म्याग्दीको अध्यक्षमा नारायण शर्मा निर्वाचित हुनुभएको छ । आइतवार बेनीमा सम्पन्न महासंघको प्रथम जिल्ला अधिवेशनबाट शर्माको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा सुरेन्द्रराज शर्मा, कोषानन्द आचार्य, सचिवमा राजु बानियाँ, कोषाध्यक्षमा मञ्जु बानियाँ चयन […]

लुम्लेमा नारी जागृती सहकारीको तालिम सम्पन्न

विकल्प न्यूज/बेनी चैत २० गते । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर म्याग्दीको बेनी बजारस्थित नारी जागृती महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कास्कीको लुम्लेमा २ दिने सहकारी शिक्षा तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरु, उपसमितिका सदस्यहरु र कर्मचारीहरुलाई सहकारी ऐन नियम र व्यवसायका […]

सहकारी दिवसमा मुक्तिनाथको सहकारी शिक्षा तालिम

विकल्प न्यूज/बेनी चैत २० गते । मुक्तिनाथ बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिबार बेनीमा सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सहकारीका शेयर सदस्यहरुलाई सहकारी सम्बन्धी शिक्षा दिन तालिमको आयोजना गरिएको सहकारीका अध्यक्ष लिलाराम गौतमले जानकारी दिनुभयो । ६५ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरिएको तालिममासहकारी सम्बन्धी नीति नियम, सेवा सुविधा र […]

को–अपरेटिभ म्यानेजर्स क्लब, म्याग्दीको अध्यक्षमा कँडेल

विकल्प न्यूज\बेनी चैत १० गते । को–अपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) म्याग्दीको प्रथम साधारणसभाले सर्वसम्वत नेतृत्व चयन गरेको छ । बिहिबार सदरमुकाम बेनीमा आयोजित साधारणसभाले पश्चिम नेपाल साकोसका प्रबन्धक प्रेमलाल कँडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । उपाध्यक्षमा न्यु धौलागिरी साकोसका प्रबन्धक बसन्तकुमार श्रेष्ठ, सचिवमा लोकदीप साकोसका प्रबन्धक नेत्रराज सुबेदी, कोषाध्यक्षमा दिदिबहिनी साकोसकी प्रबन्धक […]

म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौं साधारणसभा

विकल्प न्यूज\बेनी फागुन २९ गते । म्याग्दी उद्योग वाणिज्य संघ मालिका इकाईको आठौैं साधारणसभा सम्पन्न भएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा एक कार्यक्रमका विच इकाईको वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले गर्नुभएको हो । उहाँले उद्योगी व्यवसायीलाई गाउँपालिकाले संरक्षण र सहयोग गर्ने […]

रघुगंगा गाउँपालिकाले भगवतीमा कोल्डस्टोर्स बनाउने

विकल्प न्यूज/बेनी फागुन ८ गते । जिल्लाको रघुगंगा गाउँपालिका २ भगवतीमा कोल्डस्टोर्स बनाइने भएको छ । रघुगंगा गाउँपालिकाले संघीय सरकारसँग सहकार्य गरेर एककरोड रुपैयाँ लागतमा कोल्डस्टोर्स बनाउन लागेको हो । कोल्डस्टोर्स बनाउन संघीय सरकारले ५० लाख र गाउँपालिकाले ५० लाख गरी एककरोड रुपैयाँ लागतमा कोल्डस्टोर्स निर्माणको आवश्यक प्रक्रिया थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले […]

ढोल्ठानमा जेसिजको पर्यटन प्रवद्र्धन कार्यक्रम

विकल्प न्यूज/बेनी फागुन ८ गते । पर्यटकीय सम्भावना बोकेको १४ औं  शताब्दीताको ऐतिहासिक ढोल्ठान राजदरबारको पर्यटन प्रवद्र्धनमा म्याग्दी जेसिज जुटेको छ । बेनी नगरपालिका–९,ढोल्ठानमा पर्ने बाईसे–चौबीसे राज्यका पालामा तत्कालीन पर्वत राज्यको राजधानी समेत रहेको ढोल्ठान राजदरबार ओझेलमा परेपछि जेसीजले स्थानीय संघसंस्था र जनप्रतिनितिसँगको सहकार्यमा विभिन्न कार्यक्रम गर्ने भएको छ । यूवाको नेतृत्व तथा ब्यक्तित्व विकास […]

सुन्तला खेतीबाट समृद्ध बासखर्क

ठाकुरप्रसाद आचार्य/जलजला माघ २९ गते । पर्वतको जलजला गाउँपालिका १ बासखर्कका भुवन पाइजाले वार्षिक १५ लाख रुपियाँ बराबरका सुन्तला विक्री गर्नुहुन्छ । विगत १५ वर्ष देखि उहाँले व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आउनुभएको छ । ३० रोपनी जमिनमा एकहजार बोट सुन्तलाका विरुवा उहाँको फर्ममा छन् । पाइजाले मात्र होइन बासखर्कका दुईसय १० घरपरिवारले वर्षौ देखि […]