बिजनेस
राष्ट्रिय सहकारी बैंकद्वारा गण्डकी प्रदेशका १७ सहकारी पुरस्कृत

बागलुङ, ५ असार । राष्ट्रिय सहकारी बैंक लिमिटेडले गण्डकी प्रदेशका १७ वटा सहकारी संस्थालाई पुरस्कृत गरेको छ । गत पुसमा सम्पन्न बैंकको १६ औं वार्षिक साधारणसभामा विभिन्न विधामा पुरस्कारका लागि छनोट भएका सहकारीहरुलाई सोमबार पोखरामा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे र बैंकका अध्यक्ष के.बी.उप्रेतीले पुरस्कृत संस्थाका पदाधिकारीहरुलाई प्रशंसापत्र सहित […]
घारखोला जलविद्युत अयोजनाको परीक्षण सुरु

विकल्प न्यूज/बेनी जेठ २२ गते । अन्नपूर्ण गाउँपालिकामा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको भौतिक संरचनाको परीक्षण सुरु गरिएको छ। म्याग्दी हाइड्रोपावर प्रालि प्रर्वद्धक रहेको उक्त आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षण सुरु गरिएको हो। बाँध र डिसेन्डर (पानी थिग्राउने पोखरी) मा पानी हालेर आइतबारदेखि परीक्षण थालिएको आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले बताए। उनका […]
नारच्याङले दावी ग¥योे रोयल्टीको पचास प्रतिशत

ठाकुरप्रसाद आचार्य/म्याग्दी जेठ ९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका स्थानीयहरुले प्राकृतिक स्रोतको रोयल्टी वापत पालिकालाई प्राप्त हुने रकमको पचास प्रतिशत पाउनुपर्ने माग गरेका छन् । जलविद्युत आयोजनाको हबका रुपमा चिनिएको अन्नपूर्ण गाउँपालिकाले यस वर्ष प्राकृतिक स्रोत परिचालन वापतको रोयल्टी आठ करोड ७८ हजार रुपियाँ पाउने भएको छ । त्यसमध्य ७३ लाख रुपियाँ गाउँपालिकालाइ […]
बेनीमा सहकारी बैंकको शाखा माग

विकल्प न्युज/बेनी जेठ २ गते । म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा राष्ट्रिय सहकारी बैंकको शाखा सञ्चालन गर्न स्थानीय सहकारीकर्मीहरुले माग गरेका छन् । जिल्लामा सहकारी बैंकको शाखा सञ्चालनमा सहजीकरणका लागि बैंकद्वारा गठित जिल्ला सम्पर्क समन्वय उपसमितिको मंगलबार बेनीमा सम्पन्न पहिलो वैठकले सहकारी बैकको शाखा तत्काल सञ्चालनका लागि माग गर्ने निर्णय गरेको हो । म्याग्दी र […]
पर्यटकीय गन्तब्य बन्दै प्यारी बाराही ताल

विकल्प न्यूज/बेनी जेठ २ गते । अन्नपूर्ण गाउँपालिका ७ स्थित प्यारी बाराही ताल पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ । पर्यटकीय स्थल घोडेपानी देखि ताल सम्म साइकल र घोडा मार्ग निर्माण गरेपछि पर्यटकको आकर्षण बढेको हो । पर्यटकलाई थप आकर्षीत गर्न घोडेपानी–प्यारीबाराही ताल हुँदै ठूलाखर्क देखि पर्यटकीय स्थल मोहोरे डाँडा जान गुराँस पदमार्गको परिकल्पना […]
वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन

विकल्प न्यूज/बेनी बैशाख ३१ गते । रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लागेका छन्। विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा भेडापालनमा लागेको बरुवाल परिवार अहिले भने नविनतम शैलि र प्रविधिलाई पछ्याउँदै आधुनिक बाख्रापालनमा लागेका हुन्। उमेरले ३० वर्ष पुगेका […]
ज्यामरुककोटका महिला भन्छन् ः ‘हाम्रो सहकारी हामी सुरक्षित गर्छौ ’

म्याग्दी, २९ बैशाख । म्याग्दीको बेनी नगरपालिका वडा नं. २ ज्यामरुककोटका महिलाहरुले आफुहरुले सञ्चालन गरेको सहकारी आफुहरुले नै सुरक्षित रुपमा सञ्चालन गर्दै आएको बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रविधिक सहयोगमा ज्यामरुककोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको २ दिने सहकारी शिक्षा तालिमका सहभागी महिलाहरु यस्तो बताएका हुन् । देशका विभिन्न ठाउँमा […]
धौलागिरी सहकारीका सदस्यलाई सदस्य शिक्षा तालिम

विकल्प न्युज/ बेनी बैशाख ९ गते । न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यलाई सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। शनिबार बेनीबजारमा आयोजित कार्यक्रमको उद्घाटन गदैं सहकारीका निर्वतमान अध्यक्ष लिलाबहादुर बानियाँले सहकारीका सदस्यहरुलाई संस्थामा सक्रिय रुपमा कारोबार गरी सहकारी आन्दोलनलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीमार्फत सहज रुपमा वित्तिय सेवा प्रवाह, आर्थिक […]
तीन वर्षपछि चिनियाँ पर्यटक घोडेपानीमा

म्याग्दी, वैशाख ४ गते । म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । वि.सं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो । नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुङ्गा हुँदै आइतबार घोडेपानीमा चिनियाँ पर्यटक आएका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताउनुभयो । पर्यटकलाई घोडेपानीमा […]
पाखापानीमा पशु स्वास्थ्य शिविर सम्पन्न

विकल्प न्यूज/बेनी चैत २६ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा शनिबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले पाखापानीको वडा कार्यालयसँगको समन्वयमा शिविर आयोजना गरेको हो । शिविरमा ८२ जना कृषकहरुले सेवा लिएका केन्द्रका प्रमुख जिवनप्रसाद आचार्यले जानकारी दिनुभयो । ४२ गाई, १११ भैसी, […]
नेपाल उद्योग ब्यापार महासंघ म्याग्दीको अध्यक्षमा पौडेल

विकल्प न्युज/बेनी म्याग्दी, २५ चैत । नेपाल उद्योग ब्यापार महासंघ म्याग्दीको अध्यक्षमा मोतिलाल पौडेल सर्वसम्मत चयन हुनुभएको छ । महासंघ म्याग्दीको शनिबार बेनीमा भएको प्रथम जिल्ला भेलाले पौडेलको नेतृत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा विरेन्दमान शाक्य, सचिवमा ईश्वर खत्री, कोषाध्यक्षमा माया गिरि रहनुभएको छ। सदस्यहरुमा प्रेम गिरि, दलबहादुर खड्काथोकी, बालकृष्ण […]
एनआईसी एसियाका बेनी शाखाका कर्मचारीमाथि आक्रमण

ठाकुरप्रसाद आचार्य\म्याग्दी चैत २ गते । म्याग्दीको सदरमुकाम बेनी स्थित एनआईसी एसिया बैंकका कर्मचारीमाथि आक्रमण भएको छ । विहिवार लगानी उठाउन पर्वतको जलजला गाउँपालिका ३ स्थित पर्वत बेनी पुगेका वैंकका कर्मचारी माथि आक्रणम भएको हो । बैंकको शाखा कार्यालयका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि आक्रमण भएको बैंकले जनाएको छ । एउटा समूहले […]
विकास बैंकहरूले घटाए ब्याजदर

काठमाडौँ बदलिदो परिस्थितिलाई ध्यान दिएर अन्ततः विकास बैंकहरूले ब्याजदर घटाउने निर्णयमा पुगेका छन् । डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सोमबार बसेको बैठकले चैत १ अर्थातदेखि लागू हुने गरी बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो । जस अनुसार चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत […]
निर्माण व्यवसायी संघको अध्यक्षमा भट्टचन

विकल्प न्यूज/म्याग्दी फागुन २८ गते । निर्माण व्यवसायी संघ म्याग्दीको अध्यक्षमा गोपाल भट्टचन निर्वाचित हुनुभएको छ । आज (शनिवार) सदरमुकाम बेनीमा सम्पन्न निर्माण व्यवसायी संघ म्याग्दीको २२औं साधारणसभा तथा ११औं अधिवेशनले भट्टचनको अध्यक्षतामा संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । संघको निवर्तमान अध्यक्षमा नारायण जिसी, प्रथम वरिष्ठ उपाध्यक्षमा प्रदीप सापकोटा, वरिष्ठ उपाध्यक्षमा विपिन खड्का, […]
निर्माण व्यवसायी संघ म्याग्दीको आगामी अध्यक्ष को ?

विकल्प न्यूज/बेनी फागुन २५ गते । निर्माण व्यवसायी म्याग्दीको यही फागुन २७ गते शनिबार २२ औँं साधारणसभा तथा एघारौँ अधिवेशन हुने भएको छ । यो अधिवेशनलाई एकता अधिवेशनको रुपमा गर्न लागिएको छ । लामो समय दुई समुहमा विभाजन निर्माण व्यवसायी संघलाई एकताबद्ध गर्न एकमहिना अघि दुवै समुह सहमत भएका थिए । निर्माण व्यवसायीका क्षेत्रमा लामो […]