निर्माण व्यवसायी संघ म्याग्दीको आगामी अध्यक्ष को ?

विकल्प न्यूज/बेनी
फागुन २५ गते ।


निर्माण व्यवसायी म्याग्दीको यही फागुन २७ गते शनिबार २२ औँं साधारणसभा तथा एघारौँ अधिवेशन हुने भएको छ । यो अधिवेशनलाई एकता अधिवेशनको रुपमा गर्न लागिएको छ । लामो समय दुई समुहमा विभाजन निर्माण व्यवसायी संघलाई एकताबद्ध गर्न एकमहिना अघि दुवै समुह सहमत भएका थिए । निर्माण व्यवसायीका क्षेत्रमा लामो समय खर्चिनुभएका व्यवसायी प्रदिप सापकोटाले यसपाली अध्यक्षमा बलियो दावी पेश गर्नुभएको छ । निवर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका सापकोटालाई बर्तमान कार्यसमितिका अधिकांश पदाधिकारी र सदस्यहरुले साथ दिएका छन् ।
सापकोटाका साथै संघको अध्यक्षमा अन्य ३ जनाले पनि दावी गरेका छन् । गोपाल भट्टचन, विपिन खड्का र निरज भण्डारीले अध्यक्षको लागि आफ्नो तयारी गरेको बताएका छन् । भट्चन पूर्व वरिष्ठ उपाध्यक्ष र खड्का वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।

निर्माण व्यवसायीको क्षेत्रमा लामो समय काम गरेको र आफूसँग अनुभव पनि भएकाले यसपटक अध्यक्षमा शसक्त दावी रहेको सापकोटाले बताउनुभयो । ‘गोपाल भट्टचनको समुहमा रहँदा म उपाध्यक्ष पनि हो, त्यस समुहको पूर्ण सहयोग मलाई छ ।’ सपकोटाले भन्नुभयो ।
साना निर्माण व्यवसायी संग हातेमालो गर्दै संघको संस्थागत विकासका लागि प्राथमिकताका साथ काम गर्ने योजना सहित उम्मेद्वारी प्रस्तुत गर्ने योजना रहेको सापकोटाले बताउनुभयो ।

अध्यक्षको आकांक्षी अन्यको साथ पनि आफु रहने उहाँले दावी गर्दै कुनै पनि अबस्थामा आफु पछि नहट्ने उहाँको भनाई छ । ‘अहिले गोपाल दाईले अध्यक्षको आकांक्षा राखेपनि अन्तिममा मलाई सहयोग गर्नुहुन्छ, उहाँ संगै उहाँको ग्रुपले नै यस पटक मलाई अध्यक्षमा सहयोग गर्छन् ।’ सापकोटाको भनाई छ ।
यता अध्यक्षका अर्का आकांक्षी भट्टचनले आफुले कुनै पनि हालतमा अध्यक्षको पदबाट पछि नहट्ने बताउनुभएको छ । लामो समय यस संस्था चलाएको अनुभव मलाई छ उहाँले भन्नुभयो । ‘निर्माण व्यवसयीमा सबैलाई मिलाएर लैजाने क्षमता समेत छ, अहिले निर्माण व्यवसायीलाई अभिभावकको आश्यकता छ ।’
त्यस्तै दुई समुह बिच एकताबद्ध बनाउने र जिल्लामा रहेका निर्माण व्यवसायीको हकहितका लागि आफ्नो अध्यक्षमा दावी रहेको निर्माण व्यवसायी विपिन खड्काले बताउनुभयो । ‘निर्माण व्यवासयीमा मेरो मुख्य प्राथमिकता भनेको नयाँ निर्माण व्यवासायीलाई प्रोत्साहन गर्ने हो, अब हामीले अग्रजलाई सम्मान गर्दै युवालाई प्राथमिकता दिनुपर्छ ।’ लामो समय संघको हितको लागि काम गरिसकेको छु, हरेक निर्माण व्यवसायीको समस्या पनि बुझेको छु सबैको साथ हुन्छ भन्ने ढुक्क छु ।’ खड्काले भन्नुभयो ।

हरेक क्षेत्रमा अहिले युवाहरुको समय हो, संघमा अवको नेतृत्व युवाले नै गर्नुपर्छ भन्दै अर्का निर्माण व्यवसायी निरज भण्डारीले पनि अध्यक्षमा दावी रहेर्को बताउनुभएको छ । ‘अहिले हरेका क्षेत्रमा युवाको माहोल छ, यस पटक निर्माण व्यवसायी संघमा पनि युवालाई अवसर दिनुपर्छ ।’ भण्डारीले भन्नुभयो । ‘अहिले सम्म सक्रिय रुपमा काम गरिरहेका छौ, आफ्नो जिल्लामा निर्माणको जिम्मा लिएको योजनाहरुलाई समयमा नै सम्पन्न गरेको पनि छु ।’ युवा निर्माण व्यवसायीको साथ आफुलाई रहेको उहाँको दावी छ ।

उक्त अधिवेशनमा महासचिवमा हाल सदस्य रहेका कुशल जिसीले उम्मेद्वारी दिने बताउनुभएको छ । महासचिव स्व. अमृत कुमार श्रेष्ठको निधनपछि आफुले सक्रिय भएर काम गरेको उहाँको दावी छ । त्यस्तै माथिका ४ जनामा सहमती नभएमा अन्य व्यक्तीपनि अध्यक्ष हुनसक्ने हालका उपाध्यक्ष मनोज कार्कीले बताउनभयो ।

अहिलको एकता अधिवेशनमा सहमतीमा नेतृत्व चयन हुने अध्यक्ष नारायण जिसीले बताउनुभयो । ‘यस पटक जिल्लाका सबै निर्माण व्यवसायी एकजुट भएको छौँ, यस पटक सहमतीमा नै अधिवेशन हुन्छ । हामीले अधिवेशनको तयारीलाई तिब्रता दिएको छौँ ।’ उहाँले भन्नुभयो । मेरो पहलमा सर्वसम्मत रुपमा अधिवेशन सम्पन्न गर्दछु अध्यक्ष जिसीले भन्नुभयो ‘संघमा लामो समय काम गरेका र अनुभवीलाई यसपटक अध्यक्ष बनाउने गरी सहमति गर्दछौं ।’ दावी गर्नेहरु धेरै भएपनि अन्तिम समयमा भट्चन र सापकोटाकाबीच प्रतिस्पर्धा हुने एक निर्माण व्यवसायीले बताउनुभयो । उहाँका अनुसार संघको संस्थापक पक्षले सापकोटालाई समर्थन गरेकाले उहाँ अध्यक्ष हुने बलियो आधार निर्माण भएको उहाँको भनाई थियो ।
सापकोटा संघमा एक पटक कार्यसमिति सदस्य,दुईपटक महासचिव र एकपटक वरिष्ठ उपाध्यक्ष भएर अनुभव लिइसक्नुभएको छ । विगत २४ वर्षदेखि निर्माणका क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।