बिजनेस
नयाँ योजनाहरु ल्याउँदै महालक्ष्मी ईन्स्योरेन्स
प्रताप बानियाँ / विकल्प न्युज म्याग्दी, भदौ ७ । महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडले जीवन बीमाका लागि नयाँ तथा आकर्षक योजनाहरु ल्याउने तयारी गरेको छ । ३३औं शाखाका रुपमा म्याग्दीको सदरमुकाम बेनीबजारस्थित शिक्षामार्गमा शाखा कार्यालय रहेको महालक्ष्मीले शुक्रबार अभिकर्ता भेटघाट कार्यक्रमको आयोजना गरी आगामी योजनाका बारेमा जानकारी गराएको हो । महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडका धौलागिरी क्षेत्रीय […]
सहरको बसाई छाडेर गाउँमा कृषिकर्म (भिडियो सहित)
साधन राम्जाली/ विकल्प न्युज म्याग्दी,भदौ ४ गते । छिल्लो समय उच्च शिक्षा हासिल गरेपछि मुलुकभित्र रोजगारी अवसर नभएको भन्दै विकल्पको खोजीमा प्रमाणपत्र बाकसमा थन्काएर पैसा कमाउन विदेशीने युवाहरुको ठुलो जमात छ । तर यहाँका एक युवाको भने न विदेश जाने रहर छ नत सरकारी जागिर कै ! विदेश जाने र धेरै पैसा कमाउने अवसरलाई त्याग्दै […]
मंगलाका चार युवाले सुरु गरे सामूहिक तरकारी खेती (भिडियोसहित)
ठाकुरप्रसाद आचार्य/बेनी साउन ३२ गते । मंगला गाउँपालिका २ कोत्रबाङका चार युवाहरु मिलेर सामूहिक तरकारी खेती सुरु गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले गाउँमा जग्गा भाडामा लिएर व्यवसायिक आर्गानिक तरकारी उत्पादन गर्न थालेका हुन । गाउँमा संभावना नदेखेर वैदेशिक रोजगारीमा जाने युवाहरुको लहर नै चलेका समयमा कोत्रवाङका युवाहरु वैदेशिक रोजगारीबाट फर्किएर सुरु गरेको व्यवसायले […]
दरबाङ – म्याग्दीखोला जलविद्युत आयोजनाको पूर्वाधार निर्माण तिव्र
विकल्प न्यूज/बेनी साउन ३१ गते । पश्चिम म्याग्दीमा निर्माणधिन २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको पूर्वाधार निर्माण तिव्र पारिएको छ । धौलागिरि कालिका हाइड्रो कम्पनी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको मालिका गाउँपालिकाको दुखुबेसीमा रहने आउटलेट र बाधस्थलमा अडिट टनेल बनाउनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण तिव्र पारेको हो । आयोजनाले दुवैतर्फ उपकरण र मजदुरहरु प्रयोग गरेर […]
घलेम्दी जलविद्युत आयोजनाको परीक्षण सफल
विकल्प न्यूज/बेनी साउन २८ गते । म्याग्दीमा निजी क्षेत्रबाट सञ्चालित ५ मेगावाट क्षमताको घलेम्दी जलविद्युत आयोजनाको परिक्षण सफल भएको छ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा रहेको आयोजनाले परिक्षण सफल भएको जनाएको छ । आयोजनाको सवै काम सम्पन्न भई सोमबार र मंगलबार गरिएको परिक्षण सफल भएको कम्पनी सचिव बिमल रिजालले बताउनुभयो । एकमहिना अगाडि नै परीक्षण गर्ने […]
प्लाष्टिक टनेलमा गोलभेडा खेती गर्दा राम्रो आम्दानी (भिडियो सहित)
विकल्प न्यूज/बेनी साउन २१ गते । प्लाष्टिक घर भित्र लगाएको गोलभेडा खेतीमा काम गर्दै मंगला गाउँपालिका ५ पिपलबोटकी उजेली सापकोटा । तस्विर ठाकुरप्रसाद आचार्य मंगला गाउँपालिका ५ अर्मन पिपलबोटकी उजेली सापकोटालाई छिमेकीले प्लाष्टिक घरभित्र गोलभेडा खेती गरेको देखेर रहर जाग्यो । त्यस्तै २० वर्षीय अर्मन पोकका बुद्धी विकलाई पनि प्लाष्टिक घरभित्र गोलभेडा खेती गर्न इच्छा […]
गण्डकी प्रदेशमा एक वर्षमा तीन लाख विदेशी पर्यटक
चिप्लेढुङ्गा, साउन १४गते । गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९ सय ७५ विदेशी पर्यटक प्रवेश गरेको तथ्याङ्क सङ्कलन भएको छ । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ मा पोखरा र आसपासका जिल्लामा प्रवेश गरेका पर्यटकको विवरण सङ्कलनबाट सो तथ्याङ्क बाहिर प्राप्त भएको जनाएको छ । यसअघि पोखरामा कति पर्यटक […]
रुमका पौरखी महिला (भिडियो रिपोर्ट)
विकल्प न्यूज/बेनी साउन १४ गते । रुमका महिलाहरु अल्लो धागोबाट निर्मित कपडा देखाउँदै । मालिका गाउँपालिका २ रुमकी मनकुमारी पुनले अल्लोबाट कपडा बुन्न थालेको चारवर्ष भयो । मनकुमारी मात्र होइन रुम गाउँका अधिकांश महिलाहरु अल्लो धागोबाट कपडा बनाउँछन् । सरकारी निकाय र विभिन्न संघसंस्थाको सहयोगमा पछिल्लो समय रुमका महिलाहरु परम्परागत सीपलाई आधुनिक प्रविधिको प्रयोग गरेर […]
मुदीको बगरा तातोपानीमा पूर्वाधार निर्माण
विकल्प न्यूज/बेनी साउन १० गते । धौलागिरि गाउँपालिका ४ मुदीको बगर तातोपानीमा पूर्वाधार निर्माण गरिएको छ । राउन्ड धौलागिरि पदयात्रामा पर्ने तातोपानी कुण्डमा स्नान गर्न पुग्ने पर्यटकको सुविधाका लागि ठाँटी निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५÷०७६ मा वडाको सिफारिसमा गाउँपालिकाद्धारा विनियोजित करिब साढे सातलाख रुपियाँमा तिनवटा कोठा भएको ठाँटी निर्माण गरिएको छ । स्थानीयवासीहरुको […]
पर्यटकीय स्थल झाक्रीपानीमा भ्यूटावर निर्माण
जगत बानियाँ /मंगला साउन १० गते । मंगला गाउँपालिकाको पर्यटकीय स्थल झाक्रीपानीमा भ्यूटावर निर्माण गरिएको छ । पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको वडा नम्बर ३ स्थित बरंजाको झाक्रीपानीमा गाउँपालिकाले भ्यूटावर सहित अन्य पूर्वाधार निर्माण गरेको हो । गाउँपालिकाको रु ११ लाख, प्रतिनिधि सभा सदस्य भुपेन्द्र बहादुर थापाको सिफासिरमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत […]
निर्माण व्यवसायी संघद्धारा गुल्मपतिलाई विदाई
विकल्प न्यूज/बेनी असार ३० गते । १३ महिनाको म्याग्दी बसाईपछि सरुवा भएर जानु लाग्नुभएका श्रीबक्स गुल्मका गुल्मपति राजन दाहाललाई निर्माण व्यवसायी संघ म्याग्दीले सम्मान सहित विदाई गरेको छ । आईतवार बेनीमा एक कार्यक्रमको आयोजना गरेर संघले गुल्मपति दाहाललाई विदाई गरेको हो । जिल्लामा रहदा विपद् व्यवस्थापन र राहत उद्दारमा नेपाली सेनाले खेलेको भूमिकालाई सम्मान गर्दै गुल्मपति […]
घलेम्दी जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारी
विकल्प न्यूज/बेनी असार २० गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको अन्तिम तयारीमा जुटेको छ । आयोजनाको निर्माण कार्य सम्पन्न भएसँगै परीक्षण उत्पादनको तयारीमा रहेको आयोजनाका कम्पनी सचिव लक्ष्मीनिधि रिजालले बताए । उनका अनुसार आयोजनाको विद्युत् गृह, पेनस्टक पाइप, ‘सर्ज ट्याङ्क’, बाँध, बालुवा थिग्राउने […]
तरकारी खेतीमा रमाउँदै युवा (भिडियो सहित)
विकल्प न्यूज/बेनी असार १२ गते । तरकारी खेतीमा काम गर्दै पोकका बुद्धी विक । तस्विर ठाकुरप्रसाद आचार्य मंगला गाउँपालिका ५ अर्मन पोकका एक युवाले गाउँमा व्यवसायिक तरकारी खेती गरेर समाजमा उदाहरणीय बन्नुभएको छ । २० वर्षीय युवा बुद्धी विकले गाउँमा बेमौसमी तरकारीको व्यवसायिक उत्पादन गरेर राम्रो आम्दानी लिनुभएको हो । गाउँका अधिकांश युवाहरु विदेश जान राहदानी […]
मालिकामा भक्तजनको भीड
साधन राम्जाली /विकल्प न्युज दरबाङ, जेठ ५ गते । मालिका म्याग्दीको ऐतिहासिक धार्मिक स्थल एवम् प्रमुख पर्यटकीय स्थल हो । समुन्द्र सतहदेखी करिब तीन हजार ४ सय उचाईमा अवस्थित छ । जिल्लाको मालिका गाउँपालिकाको वडा नं ६ , ७ र रघुगंगा गाउँपालिकाको वडा नं ६ को सिमानामा रहेको मालिकामा बिशेष गरी चन्डी पुर्णीमा ,जेष्ठ पुर्णिमा […]
निर्माण व्यवसायी संघमा सल्लाहकार चयन
विकल्प न्यूज/बेनी बैशाख १६ गते । निर्माण व्यवसायी संघ म्याग्दीको सोमबार बेनीमा बसेको चौथो बैठकले सल्लाहकार चयन गरेको छ । संघका अध्यक्ष नारायण जिसीको अध्यक्षतामा भएको बैठकले ७ जना सल्लाहकार मनोनित गर्ने लगायतका निर्णयहरु गरेको हो । लोकबहादुर मल्ल, रामकृष्ण मल्ल, नेत्रबहादुर महत, एकेन्द्र रावल, सन्तोष रावल, कृष्णसिंह बानिया र रवी भण्डारीलाई सल्लाहकारमा मनोनित गरेको […]