मुक्तिनाथ सहकारीको १२ औं वार्षीक साधारणसभा सम्पन्न

विकल्प न्यूज/बेनी
असोज १२ गते । बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्नुहुँदै प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापाले सहकारीहरुले उत्पादनशिल क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने धाराणा व्यक्त गर्नुभयो । छरिएर रहेको पुँजीलाई सहकारीको माध्यमबाट संकलन गरी उत्पादन र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गर्न उहाँले सुझाव दिनुभयो ।जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीले सहकारीको मुल्य र मान्यताहरुलाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो । सहकारी ऐन २०७४ ले निर्धारण गरेका कुराहरुलाई सहकारी संचालकहरुले व्यवहारमा लागू गर्नुपर्ने उहाँको भनाई थियो । भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालकृष्ण सुवेदीले सहकारीहरु मर्जरमा जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहकारीका सल्लाहकार तथा पूर्व अध्यक्ष शेरबहादुर केसी, सम्पूर्ण शेयर सदस्यहरुका तर्फबाट मुकुन्द आचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो । अध्यक्ष लीलाराम गौतमले संस्थाको आगमी योजना सहितको बार्षिक प्रतिवेदन,सचिव डण्डपाणी पराजुलीले प्रगती, कोषाध्यक्ष चिरञ्जीवी बोगटी आर्थिक, लेखा समिति संयोजक नारायणप्रसाद सुवेदीले लेखाप्रतिवेदन र शिक्षा उपसमिति दण्डपाण्ी सापकोटाले शिक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । एक करोड ४५ लाख २३ हजार पाँचसय रुपैयाँ भएको शेयर पुँजीलाई बृद्धि गरी सहकारीले ४ करोड १६ लाख ३१ हजार ९ सय बनाएको अध्यक्ष गौतमले साधारणसभामा जानकारी गराउनुभएको थियो । सहकारीले गत आर्थिक वर्षमा २० करोड ८० लाख ९७ हजार ८८ रुपैयाँ लगानी गरेको सहकारीको कुल आम्दानी दुइ करोड ९२ लाख ११ हजार ४८ रुपैयाँ प्रतिवेदनमा उल्लेख गरिएको छ । साथै सहकारीले २० करोड एकलाख सात हजार दुइसय ५४ रुपैया बचत संकलन गर्न सफल भएको छ । सहकारीको खराब कर्जा ३ प्रतिशतबाट घटाई २.२० प्रतिशतमा झारेको प्रतिवेदनमा जनाइएको छ । संस्थाका अध्यक्ष लीलाराम गौतमको अध्यक्षता, उपाध्यक्ष दण्डपाणी सापकोटा स्वागत र सचिव डण्डपाणी पराजुलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा ८४ वर्ष पुरा गरेका शेयर सदस्यका बुवा आमा,एसईई परिक्षा उतिर्ण सेयर सदस्यका छोराछोरी, उत्कृष्ट कर्मचारी, सेयर सदस्य, बचतकर्ताहरुलाई सम्मान गरिएको थियो ।