बिजनेस

म्याग्दीका तिन उद्योगी सम्मानित

विकल्प न्यूज/बेनी मंसिर९गते।   म्याग्दीका तिनजना उद्योगीहरु सम्मानित भएका छन् । छैटौं राष्ट्रिय उद्योग दिवस २०७७ का अवसरमा घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीले औद्योगीक विकासमा योगदान पु¥याएको भन्दै उद्योगीहरुलाई सम्मान गरेको हो । बेनीको न्यूरोडमा रहेको धौलागिरि डेरी उद्योगका प्रोपाइटर विरेन्द्र उपाध्याय,रेमण्ड सिलाई कटाई प्रशिक्षण केन्द्रका प्रोपाईटर शोभा सेन र गलेश्वर सिस्नु पाउडर एण्ड मसला […]

‘पशुपालन गर्ने सोच सानै देखिको हो, लकडाउनले जुरायो’ (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/म्याग्दी मंसिर ६ गते ।  लकडाउन हाम्रो लागि अवसर बन्यो । सानै देखिको रुची र रोजाईको पेशा पशुपालन थियो । तर विभिन्न कारणले पशुपालन व्यवसाय गर्न पाएको थिइँन । लकडाउनले मलाई यो अवसर दिलायो । बेनी नगरपालिका १ रत्नेचौरका युवा दिनेश रावलले सुनाउनुभयो । पशुपालन गर्ने सोच सानै देखिको हो रावलले भन्नुभयो ‘लकडाउनले जुरायो […]

अल्ट्रालाइटबाट पोखराको सुन्दर दृश्य

विकल्प न्यूज/बेनी मंसिर २ गते ।  अल्ट्रालाइटबाट पोखराको सुन्दर दृश्य हेर्नका लागि अव धेरै पैसा खर्चिनु पर्दैन । लामो समय देखि बन्द रहेको अल्ट्रालाइट कार्तिकको अन्तिम हप्ताबाट सुरु भएको छ । पोखराको सुन्दरता र हिमालको दृश्य हेर्नका लागि अल्ट्रालाइट पर्यटकको रोजाईमा छ । साहसिक खेलको आनन्दमा रम्दै सुन्दर हिमशृङ्खला र फेवाताल लगायतको दृश्यावलोकन गर्न चाहनेहरुका […]

विदेशमै बन्यो युवाको कृषि सपना, गाउँमा भयो साकार(फोटोफिचर सहित)

ठाकुरप्रसाद आचार्य म्याग्दी, मङ्सिर २ गते । ‘धेरै पैसा कमाउने सपना बोकेर इराक पुगेको थिएँ । सोचे जस्तो रोजगारी पाउन र पैसा कमाउन सकिँन । गाउँ फर्किएर बाख्रा पाल्ने योजना बनाएँ ।’ आफ्नो जन्मभूमिमा परिवारसँग बसेर व्यवसाय गर्दा सन्तुष्टिसँगै आनन्द पनि । बेनी नगरपालिका १ हुलाकेका नरबहादुर थापा मगरले अनुभव सुनाउनुभयो । विदेशबाट फर्किएर थापामगरले […]

म्याग्दी उद्योग वाणिज्य संघको आगामी नेतृत्व चयनका लागि पौष १८ गते अधिबेशन

विकल्प न्यूज/बेनी कार्तिक२८गते ।   निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको आगामी नेतृत्व चयन गर्नका लागि पौष १८ गते ११ औं अधिबेशन तथा २७ औं साधारणसभा हुने भएको छ । कार्तिक २३ गते बसेको संघको कार्यसमितिको पूर्ण वैठकले आगमी नेतृत्व चयनका लागि पौष १८ गते अधिवेशनको मिति तोकेको महासचिव लिलाराम गौतमले जानकारी दिनुभयो । […]

लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट

काठमाडौँ, कात्तिक २५ गते।   चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो । अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र वन्यजन्तुलाई नजिकबाट नियाल्न सकिने विशेषता उल्लेख गरेको छ । अन्नपूर्णको […]

गण्डकी प्रदेशको पर्यटन

जुद्धबहादुर गुरुङ ,कार्तिक २२ गते ।   सन् १९५० जुन ३ तारिखमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमाली चुचुरामध्ये एक अन्नपूर्ण हिमाल फ्रान्सेली नागरिक माउरिस हरजोकको टोलीले सफल आरोहणपश्चात् गण्डकी क्षेत्र विश्वबजारमा चर्चित भयो । अमेरिकाको ‘न्युयोर्क टाइम्स’ले माउरिस हरजोकद्वारा लिखित अन्नपूर्ण भन्ने किताब प्रकाशन गरेको थियो । यो किताब एक करोड १० लाख प्रति बिक्री भई सन् […]

खोप्रालेकमा आन्तरिक पर्यटकको चहलपहल (फोटोफिचर)

विकल्प न्यूज/बेनी असोज२६गते।   कोरोना कहरका विच पनि म्याग्दीको पर्यटकीय स्थल खोप्रालेकमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीका कारण बाहिरी जिल्लाबाट पर्यटकहरु नआएपनि जिल्ला भित्रबाट भने घुम्नका लागि खोप्रालेक पुग्ने गरेका छन् । खोप्रा म्याग्दीको आकर्षक पर्यटकीय गन्तव्य हो । खोप्रा पुगेका पर्यटकहरु खयर लेक सम्म पुग्ने गर्दछन् । जिल्लाको प्रमुख पर्यटकीय स्थलहरु यतिखेर […]

मुक्तिनाथ सहकारीको लगानी ३१ करोड ६० लाख

विकल्प न्यूज/बेनी असोज२४गते।   सदरमुकाम बेनीमा संचालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ३१ करोड ६० लाख ४६ हजार ८ सय ५३ रुपैयाँ लगानी गरेको जनाएको छ । कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर शनिबार सम्पन्न गरिएको १३ औं वार्षिक साधारणसभामा सहकारीले कोरोना संकटका विच पनि अघिल्लो आर्थिक वर्ष भन्दा ५१ प्रतिशतले लगानी […]

पशुसेवा विज्ञ केन्द्रद्धारा पशुपालन विकासका लागि ६ करोड बजेट सार्वजनिक

विकल्प न्यूज/बेनी असोज१३गते। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक वर्षमा म्याग्दी र मुस्ताङमा पशुपालन क्षेत्रको विकासका लागि ६ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । मंगबार कार्यालयले पत्रकार भेटघाट कार्यक्रम मार्फत ६ करोड २ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । कार्यालयले पुँजीगत तर्फ २३ लाख ३० हजार […]

कात्तिकदेखि दुई वटा सहकारीमा सदस्य बन्न नपाइने

विकल्प न्यूज । असोज १३ गते ।    आउँदो कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो । सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय […]

दशैँलाई चिनी एक सातामा

काठमाडौँ,असोज१३गते ।   साल्ट टे«डिङ कर्पोरेसनले अबको एक सातामै नेपालमा चिनी आइपुग्ने जनाएको छ । चालू आर्थिक वर्ष २०७७/७८ का लागि सरकारबाट प्राप्त गरेको कोटाको २० हजार मेट्रिक टन चिनी खरिद गर्ने जिम्मा पाएको कर्पोरेसनले अबको एक सातामा चिनी आइपुग्ने जनाएको हो । कर्पोरेसनका निर्देशक एवं प्रवक्ता व्रजेश झाले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागबाट कर्पोरेसनले […]

सुनचाँदी व्यवसायी महासंघ गण्डकीको उपसभापतिमा विश्वकर्मा निर्वाचित

विकल्प न्यूज/बेनी असोज १२ गते ।  नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट म्याग्दीका जिवनकुमार विश्वकर्मा उपसभापतिमा निर्वाचित हुनुभएको छ । सोमबार पोखरामा सम्पन्न अधिबेशनबाट विश्वकर्माको प्यानल निर्वाचित भएको हो । विश्वकर्माका प्रतिपस्र्धी राज गहतराजलाई १४ मतको फराकिलो अन्तरले विश्वकर्मा विजयी हुनुभएको हो । विश्वकर्माले ३९ मत प्राप्त गर्नुभयो । अधिबेशनमा प्रदेशका ९ जिल्लाका […]

व्यवसायी चन्द्र ढकाललाई कोरोना पुष्टि

काठमाडौं : व्यवसायी चन्द्र ढकालमा कोरोना संक्रमण पुष्टि भएको छ।   आइतबार गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।  आफ्नो स्वास्थ्यमा कुनै समस्या नरहेको र सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको उनले जनाएका छन्। ढकालले केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन आग्रह गरेका छन्।

कषि क्षेत्रको विकासका लागि ९ करोड बजेट सार्वजनिक

विकल्प न्यूज/बेनी असोज११गते । म्याग्दी र मुस्ताङको कृषि क्षेत्रको विकासका लागि करिब ९ करोड बजेट प्राप्त भएको छ । संघ र प्रदेश सरकारले दुई जिल्लाको कृषि क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा ९ करोड १७ लाख ७८ हजार रुपैयाँ बजेट पठाएको हो । कृषि ज्ञान केन्द्र म्याग्दीले आइतबार आयोजना गरेको वार्षिक कार्यक्रमको सार्वजनिकिकरणमा कृषि प्रसार […]