समाचार

म्याग्दीको मंगला गाउँपालिका-१ कुहुँमा सार्वजनिक सुनुवाइ

विकल्प न्युज/ बेनी फागुन १९ गते । सुनुवाई सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०७९÷०८० मा सञ्चालित विकास निर्माण योजना तथा कार्यक्रम, कार्यालयको सेवा प्रवाह तथा समग्र अवस्थाको बारेमा नागरिकको गुनासा तथा अपेक्षा र प्रतिकृया लिने उदेश्यले गाउँपालिकाले सार्वजनिक सुनुवाईको आयोजना गरेको हो । कार्यक्रममा सहभागीहरुले वडा स्तरबाट प्रवाह हुने कृषि र पशु सेवालाई […]

अन्नपूर्णमा समुदायमा आधारित विपद् प्रतिकार्य तालिम

प्रताप बानियाँ/म्याग्दी फागुन १९ गते । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा समुदायमा आधारित विपद् प्रतिकार्यसम्बन्धी तालिम शुक्रवार सम्पन्न भएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोग र युकेएडको आर्थिक सहयोगमा विपद्को समयमा आइपर्ने समस्याको सामना गर्नका लागि पूर्वतयारीस्वरुप तालिम सञ्चालन गरिएको हो । स्थानीय विपद् तथा जलवायु उत्थानशील समिति अर्थात् विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई लक्षित गरेर सञ्चालन […]

बेनी नगरपालिका ९ घतानका ४२ योजनामा ३६ योजना सम्पन्न

विकल्प न्यूज/बेनी फागुन १९ गते । बेनी नगरपालिका वडा नं. ९ घतानमा चालु आर्थिक वर्षमा सञ्चालन भएका वडास्तरीय ४२ योजनामा ३६ वटा योजना सम्पन्न भएका छन् । वडा कार्यालयले शुक्रबार गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त जानकारी दिइएको हो । वडाको आयोजनामा शुक्रबार चालु आर्थिक वर्ष २०७९÷०८० को पहिलो अर्ध बार्षिक अवधिमा भए गरेका विकास, निर्माण […]

पर्यटकीय स्थलमा फोरजी सेवा विस्तार

म्याग्दी, फागुन १९  गते । नेपाल टेलिकमले धौलागिरि क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलमा थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ । बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतका धार्मिक र  पर्यटकीय स्थलमा विस्तार गरिएको यो सेवाले पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने  स्वदेशी तथा विदेशी पर्यटकलाई सहज भएको छ । नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्माले १० देखि १५ घर […]

प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्कार

बेनी, फागुन १९  गते । रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गर्नुभयो । विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि उहाँ जागिरको सिलसिलामा २०५० सालमा म्याग्दी आउनुभएको हो । आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान शिक्षकको रुपमा नियुक्त […]

सुकुम्बासी रिक्जना, जसले सामान्य अभ्यासका भरमा चार स्वर्ण जितिन्

विकल्प न्यूज/बेनी फागुन १९ गते ।  म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला गाउँपालिका–५ अमर्नको पोक गाउँकी १४ वर्षीया रिक्जनाले बाआमाको सङ्घर्षलाई सम्झिदै पढाइ र खेलकुदमा सक्दो मेहनत गर्दै आएकी छिन् । सुकुम्बासी परिवारकी […]

बेनीमा माओवादीको ‘जनतासंग पार्टी अभियान’ शुरु

बेनी १८ फागुन । नेकपा (माओवादी केन्द्र)ले बेनी नगरपालिकामा बिहिबारदेखि ‘जनतासंग पार्टी अभियान’ शुरु गरेको छ । सदस्यता अद्यावधिक, विस्तार, जनताका गुनासा, सुझाब र राय संकलन गर्दै पार्टीलाई थप संगठीत र क्रियाशिल बनाउने उदेश्यले दुई महिने अभियान शुरु गरेको हो । बेनी स्थित पार्टी कार्यालयमा भएको नगर कमिटिको बैठकले वडा र टोल स्तरमा अभियानको कार्यक्रमका […]

म्याग्दीमा पहिलोपटक लिग फुटबल प्रतियोगीता हुने

विकल्प न्यूज/बेनी फागुन १८ गते । म्याग्दीमा पहिलो पटक ‘म्याग्दी कप’ लिग फुटवल प्रतियोगिता हुने भएको छ । म्याग्दी कप ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा आगामी चैत १ गते देखि १० गतेसम्म सदरमुकाम बेनीस्थित खुल्ला मञ्चमा लिग फुटवल प्रतियोगिता हुने भएको हो । विहिवार बेनीमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत सो कुराको […]

पाहुना पर्खदै बेनीका हाेटल

म्याग्दी,  फागुन  १८ गते । बेनीको बजार जता माया उतै छ नजर किरमिरे जाली रुमाल । टीकाबहादुर श्रेष्ठ र मन छन्त्यालले वि.सं २०३१ मै गाएको यो गीतजस्तै सुन्दर छ अहिले पनि बेनी बजार । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनी जति राम्रो छ, यसको सांस्कृतिक र ऐतिहासिक महत्त्व पनि उत्तिकै छ । यो सुन्दर […]

बेनीमा शिविरमार्फत ९५ वटा कुकुरको बन्ध्याकरण

म्याग्दी, १७ फागुन । बेनीमा शिविरमार्फत ९४ वटा कुकुरको बन्ध्याकरण गरिएको छ। बेनी बजारमा छाडा छोडिएका सामुदायिक कुकुरको सन्तान बृद्धि रोक्न बुधबार भेटेरिनरी अस्पतालमा संचालन गरिएको शिविरमार्फत सो संख्यामा बन्ध्याकरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बेनी नगरपालिकाको आयोजनामा संचालन गरिएको शिविरमा प्राविधिक सहयोग केन्द्रिय रिफरल पुश चिकित्सालयले उपलब्ध गराएको थियो […]

खैरो हिरोइन सहित भारतीय नागरिक कालिपुलबाट पक्राउ

विकल्प न्युज/ बेनी फागुन १७ गते । म्याग्दीका प्रयोगकर्तालाई ल्याएको प्रतिबन्धित लागुपदार्थ खैरो हिरोइन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बेनी नगरपालिका ८, कालिपुलबाट भारतको पश्चिम बंगाल घर भई पोखरामा बस्ने २८ बर्षिय अलेमुन हकलाई पक्राउ गरेको सुचना अधिकारी एवम् प्रहरी निरिक्षक किरण लामाले बताउनुभयो । सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा ६।५ ग्राम […]

नेकपा एमाले जलजलाले थाल्यो ‘‘मिसन ग्रासरुट’’ अभियान

विकल्प न्यूज/जलजला फागुन १७ गते । नेकपा एमाले जलजला गाउँपालिका कमिटीले मिसन ग्रासरुट अभियान थालेको छ । पार्टीले देशव्यापी रुपमा थालेको ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अभियानलाई पर्वतको जलजला गाउँपालिका कमिटीले पनि पालिकास्तरमा अभियान सञ्चालन गरेको हो । बुधवार जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा पालिका कमिटिको विस्तारित वैठक तथा अभिमूखीकरण कार्यक्रम गरी […]

मुनामा लोक र शिक्षक सेवा तयारी कक्षा सञ्चालन

विकल्प न्यूज/बेनी फागुन १७ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले शैक्षिक बेरोजगारहरुलाई लक्षित गरेर लोक र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा १४ दिनसम्म सञ्चालन हुने तयारी कक्षामा २३ जनाको सहभागिता रहेको छ । गाउँपालिका भित्र बसोबास गर्ने एसईइ उतिर्ण भएका, शिक्षक र लोक सेवा आयोगको परिक्षामा सहभागि योग्य व्यक्तिहरुबाट […]

हेमबहादुर पुन स्मृति अन्तर मावि लोकनृत्यमा बेनी बोर्डिङ प्रथम

विकल्प न्युज/ बेनी फागुन १५ गते । बेनी स्थित बेनी बोर्डिङ स्कुलले ‘हेमबहादुर पुन मगर स्मृति अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी जित्न सफल भएको छ । नेपाल मगर संघको जिल्ला समन्वय समितिको आयोजनामा सोमबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको प्रतियोगितामा बेनी बोर्डिङले उपाधी जित्न सफल भएको हो । त्यसैगरी दरबाङ इङ्गलिस बोर्डिङ स्कुल द्धितीय,न्यु वेष्ट […]

बेनीमा मगर समुदायले मनाए ४१ औँ मगर दिवस (फोटोफिचर)

विकल्प न्यूज/बेनी फागुन १५ गते । बेनीमा मगर समुदायले ४१ औँ मगर दिवस मनाएका छन् । २०३९ साल फागुन १५ गते स्व. हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको अधिवेशनलाई आधार मानी मगर समुदायले हरेक वर्ष फागुन १५ गते मगर सङ्घ र सम्बन्धित सङ्घसंस्थाले एकता दिवसका रूपमा मनाउँदै आएका छन् । नेपाल मगर संघ […]