समाचार

बेनी बचतसहकारीद्वारा स्वास्थ्य परामर्श तथा आर्थिक सहयोग हस्तान्तरण

विकल्प न्यूूज /बेनी चैत २० गते । ६६ औँ राष्ट्रिय सहकारी दिवस २०७९ को अवसरमा म्याग्दीको बेनीमा संचालित बेनी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले स्वास्थ्य परामर्श तथा आर्थिक सहयोग कार्यक्रम सम्पन्न गरेको छ । ं सोमवार नेपाल भाषा मंकाःखलको सभाहलमा एक कार्यक्रमको आयोजना गरि सहकारीका शेयर सदस्य, तथा ग्राहकहरुलाई समेत लक्षित गरि प्रेसर, सुगर, […]

पोखरेबगरमा सार्वजनिक सुनुवाई : ‘विकास , पर्यटन प्रवद्र्धन र ढिलासुस्तीप्रति ध्यानकर्षण

 विकल्प न्यूज\बेनी चैत १९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिवार प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्म सम्पादन भएका विकास गतिविधि, सेवा प्रवाह र समग्र गाउँपालिकाको अवस्थाका बारेमा सेवाग्राही, स्थानीयबासी र सरोकारवालाहरुबाट गुनासा सुन्ने, सार्वजनिक सेवा प्रवाहलाई जवाफदेही बनाउने उदेश्यले आयोजित कार्यक्रममा स्थानीयबासीले गाउँपालिकाभित्रका विकास […]

एसइई परिक्षामा सहभागी हुँदै आमाहरु

ठाकुरप्रसाद आचार्य\बेनी चैत १७ गते । बेनीकी ४९ वर्षीय विष्णु गुरुङलाई यतिखेर एसईई परिक्षाको चिन्ता छ । शुक्रबार(आजदेखि) सुरु हुने एसईई परिक्षामा राम्रो अंक ल्याएर पास गर्ने रहर गुरुङमा जागेको छ । घरको कामधन्दा सँगै गुरुङ एसईईको तयारीमा जुट्नुभएको छ । ‘‘सानै उमेरमा विवाह भएपछि पढ्ने अवसरबाट बञ्चित भइयौं’’,गुरुङले भन्नुभयो, ‘‘पढाई नहुँदा धेरै ठाउँमा ठक्कर […]

बालगृहका बालबालिकाको स्वास्थ्य परिक्षण एवम् खाद्यान्न सहयोग

बेनी, १६ चैत । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा जिल्ला शाखा म्याग्दीले बालगृहका बालबालिकाको स्वास्थ्य परिक्षण एवम् खाद्यान्न सहयोग गरेको छ । विहिबार बालगृहमा बसोबास गर्ने ११ जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको हो । कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी र महासंघका उपाध्यक्ष हरीकृष्ण गौतमद्वारा नेपाल बालसंगठन जिल्ला कार्यसमिति म्याग्दीका अध्यक्ष राजेश […]

हराउँदै चैते दसैँको मौलिकता

चैत १६ गते ।  यो पैसो कैलेलाई, चैते दसैँलाई त्यो पनि मागे दिन्न कसैलाई चैते दसैँ मेलाका लागि खर्च गर्न एक वर्षदेखि रकम जम्मा गरिन्थ्यो भन्ने गतिलो प्रमाणको रुपमा छ यो गीत । एक दशकअघिसम्म परम्परागत चैते दसैँको छुट्टै रौनकता थियो । लोक गायक टीका क्षत्रीको ‘चैते दसैँ मेलैमा, झर्छ आँसु छुट्ने बेलैमा’ भन्ने गीत […]

बेनी अस्पतालमा अत्याधुनिक डिजिटल एक्सरे मेसिनबाट सेवा शुरु

विकल्प न्यूज \बेनी चैत १४ गते । म्याग्दीको जिल्ला सदरमुकाममा रहेको बेनी अस्पतालले अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिनबाट सेवा शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत माघ महिनामा उपलब्ध गराएको नयाँ प्रविधिको आधुनिक डिजिटल एक्सरे मेसिन दुई महिनापछि सञ्चालनमा आएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले मन्त्रालयले उपलब्ध गराएको डिजिटल एक्सरे […]

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि एक्सरे मेसिन प्रयोगविहीन

चैत १४ गते ।  पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ । थ्री फेज विद्युत् लाइन र स्पेपलाइजर ५० केभीए जडान नहु्ँदा दाताले दिएको  मेसिन  प्रयोगविहीन भएको हो । एक्सरे मेसिन प्रयोगमा नआउँदा बिरामीलाई सदरमुकाम बेनी आउनुपर्ने बाध्यता  छ । लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा […]

बेनी नगर प्रमुख केसीद्धारा ७२ औं पटक रक्तदान

विकल्प न्यूज\बेनी चैत १२ गते । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले अहिलेसम्म ७२ औं पटक रक्तदान गरिसक्नुभएको छ । केसीले २५ वर्ष अघि देखि निरन्तर रुपमा रक्तदान गर्दै आउनुभएको हो । केसी रेडक्रसद्धारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका संयोजक समेत हुनुुहुन्छ । बेनी अस्पतालमा भर्ना भएका विरामीहरुलाई रगतको आवश्यक हुँदा केसीले रक्तदान गरेर ज्यान बचाइदिनुभएको […]

बागलुङ कालिका मन्दिर परिसरमा चैतेदसैँ मेला

चैत १३  गते । बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा आजदेखि १७ गतेसम्म कालिका मन्दिर परिसरमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु हुँदैछ ।  समितिका अध्यक्ष कुमार खड्काले परम्परागत रुपमा चल्दै आएको मेलालाई व्यवस्थित बनाउन मेला आयोजना गरिएको बताउनुभयो । मेलाका लागि खेल तथा सांस्कृतिक कार्यक्रम जोडिएको उहाँले जानकारी दिनुभयो । मेलाको सबै तयारी पूरा भएको छ […]

चैते दशैंमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

१३ चैत, पोखरा । गण्डकी प्रदेश सरकारले चैते दशैं पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र […]

लोकदिप सहकारीको निवन्ध प्रतियोगितामा प्रकाश माविकी गृष्मा जिसी प्रथम

विकल्प न्यूज\बेनी चैत १२ गते । बेनीमा रहेको लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाले आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा प्रकाश माविकी छात्रा गृष्मा जिसी प्रथम भएकी छन् । संस्थाको १० औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा लिटल गार्डेन एकेडेमीकी विदिशा सुवेदी द्धितीय,पर्वत बेनीको न्यू होराइजन आवासीय पर्वतकी स्मृती जिसी तृतीय भएकी छन् […]

बालगृहमा सहयोग गरी लोकदिप सहकारीले मनायो १० औं स्थापना

विकल्प न्यूज\बेनी चैत १२ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ। स्थापना दिवसको अवसरमा नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा रहेका अभिभावकविहिन बालबालिकालाई खाद्यान्न वितरण तथा Global Money Week – 2023   मनाउने सन्दर्भमा एक दिवसीय युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम मनाइएको छ […]

मिसन ग्रासरुट अभियानबाट एकल बहुमत ः केसी

विकल्प न्यूज\बेनी चैत ११ गते । नेकपा एमालेका पोलिट व्युरो सदस्य मनकुमारी केसीले पार्टीले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियानमार्फत एमालेको एकल बहुमत आउने बताउनुभएको छ । आज (शनिवार) नेकपा एमाले बेनी नगरपालिका ७ र ८ नम्बर वडाले बेनीमा आयोजना गरेको मिसन ग्रासरुट–२०७९ को पार्टी सुदृढीकरण तथा विस्तार अभियानलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । […]

अन्नपूर्ण पदमार्गमा तीन महिनामा साढे दुई हजार पर्यटक

चैत ११ गते ।  चक्रीय अन्नपूर्ण पदमार्गमा तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक आएका छन् । सन् २०२३ को जनवरीदेखि हालसम्म सो सङ्ख्यामा विदेशी पर्यटक आएका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार यतिबेला दैनिक ४०/५० जना पर्यटक आउने गरेका छन् । “यस पदमार्गमा […]

बेनी नगरमा कमजोर प्रशासनीक नेतृत्वः पूँजीगत खर्च न्यून

विकल्प न्यूज\बेनी चैत १० गते । बेनी नगरपालिकामा कमजोर प्रशासनीक नेतृत्वका कारण अपेक्षित रुपमा विकास बजेट खर्च हुनसकेको छैन । नगरले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सम्म जम्मा २९.७९ प्रतिशत पूँजीगत खर्च गरेको छ । जनप्रतिनिधिले निर्माण गरेको बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वनय गर्ने मुख्य दायित्व नगरको प्रशासनीक नेतृत्वको हुन्छ । तर कमजोर नेतृत्वका […]