ताजा समाचार:
Search

समाचार

मन्त्री जुग्जालीद्धारा टुकुचेको नलन्दा वौद्ध विद्यालय निरिक्षण

टुकुचे, २ मंसिर । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री माननीय रेशम बहादुर जुग्जालीले शनिबार मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको नालन्दा वौद्ध विद्यालयको स्थलगत निरिक्षण र विद्यालयका प्रअ, शिक्षक र विद्यार्थीहरुसँग छलफल गर्नुभयो । पद्मसंभव च्यारिटी फाउण्डेशनले सञ्चालन गरेको विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले विद्यालयको भौतिक, शैक्षिक गतिबिधि, अवस्था र उद्देश्यका बारेमा […]

बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिइने

२ मंसिर । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेका जनप्रतिनिधि र बासिन्दाहरुले २०८० मंसिर २ गते बेनी–जोमसोम–कोरला सडक निर्माणमा भएको ढिलाईका विषयमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीको ध्यानाकर्षण गराएका छन् । थासाङ गाउँपालिका–१ टुकुचेका वडा अध्यक्ष शुरेश थकाली, नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक धिरेन्द्र बिक, नेता ङुटुक गुरुङ (मुस्ताङ […]

कटान र बाढीको समस्या समाधान गरिदिन स्याङवासीको माग

स्याङ, २ मंसिर । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले शनिबार मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर ३ स्याङमा कालीगण्डकी नदीको कटानको जोखिमको अवस्था निरिक्षण र कटान तथा बाढी नियन्त्रणका लागि सञ्चालित योजनाका बारेमा जानकारी लिनुभएको छ । स्याङका वडा अध्यक्ष फलेन्द्रप्रसाद थकाली, नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक धिरेन्द्र बिक, स्थानीयबासी […]

निर्माणाधिन छयो–कुञ्जो पुलको निरिक्षण

लेते, २ मंसिर । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले २०८० मंसिर २ गतेका दिन मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको निर्माणाधिन छयो–कुञ्जो जोड्ने कालीगण्डकी नदी मोटरेबल पुलको निरिक्षण र स्थानीयबासीहरुसँग छलफल गर्नुभएको छ । मन्त्री जुग्जालीसँग नेकपा (माओवादी केन्द्र) मुस्ताङका जिल्ला संयोजक धिरेन्द्र बिक, थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचन […]

पर्यटक लोभ्याउँदै रुप्से झरना (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य म्याग्दी,मंसिर २ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रुप्से झरनामा यतिखेर आन्तरिक पर्यटकको भिड लागेको छ । मुस्ताङ भ्रमणमा हिडेका पर्यटकहरु कालिगण्डकी करिडोरको छेवैमा पर्ने झरनामा रोकिएर तस्विर र भिडियो खिच्ने गर्दछन् । केही वर्ष पहिला रुप्सेमा आएको भिषण बाढी र पहिरोका कारण झरनाको स्वरुप विग्रीएको देख्दा पहिलो पटक झरना हेर्न […]

पूर्वाधारको पर्खाइमा मालिका धुरी

म्याग्दी, कात्तिक ३० गते ।   प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम म्याग्दीको मालिका धुरी पूर्वाधारको पर्खाइमा छ । मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको शिरमा समुद्री सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित मालिकाबाट हिमशृङ्खला, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । यहाँ दर्शन र पूजाआजा गरेमा […]

भाइटी टीकाको उत्तम साइत १०ः५१ बजे

काठमाडौं, कात्तिक २८ गते ।  नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन भोलि भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउने गर्छन् । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका […]

पखेर–बरंजा सडक स्तरोन्नतिको काम यसै वर्षदेखि शुरु हुन्छ–मन्त्री जुग्जाली

विकल्प न्यूज\बेनी कात्तिक २८ गते । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले मंगला गाउँपालिकाको पखेर–बरंजा सडक स्तरोन्नतिको काम चालु आर्थिक वर्षदेखिनै शुरु गर्न लागिएको बताउनु भएको छ । मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ को विभिन्न ठाउँमा सोमबार भएको कार्यक्रममा मन्त्री जुग्जालीले गण्डकी प्रदेश सरकारबाट बरंजामा चालु आर्थिक वर्षमा […]

नेपाल संवतका अवसरमा बेनीमा प्रभातफेरी

ठाकुरप्रसाद आचार्य म्याग्दी,कात्तिक २८ गते । नेपाल संवत ११४४ का अवसरमा बेनीमा प्रभातफेरी र शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । नेपाल भाषा मंकाःखलः म्याग्दीको आयोजनामा बेनी बजारमा मंगलबार प्रभातफेरी गरिएको हो । प्रभातफेरीमा नेवार समुदायका साथै अन्य जातजातिहरुले पनि सहभागिता जनाएका थिए । बेनीको संगमचोकबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमा पछि मंकाःखलको सभाहलमा शुभकामना आदानप्रदान […]

म्याग्दीमा जलविद्युतमा काम गर्ने २१ मजदुरको ज्यान गयो

म्याग्दी, कात्तिक २७ गते । जलविद्युत् उत्पादनका लागि पछिल्लो समय निकै महत्वपूर्ण देखिएको हिमाली जिल्ला म्याग्दीभित्र निर्माणाधीन जलविद्युत् आयोजनामा काम गर्ने २१ जना मजदुरको ज्यान गएको छ । पछिल्लो तथ्याङ्कअनुसार २०७६ यता मात्रै २१ मजदुरले जलविद्युत् निर्माणको काम गर्ने क्रममा ज्यान गुमाएका हुन् । २०८० कात्तिक ४ गते रघुगङ्गा गाउँपालिका –७ गौडामुनीमा निर्माणाधीन टुण्डी हाइड्रोपावरद्वारा […]

आजदेखि मुस्ताङको कोरला नाका खुल्यो

ठाकुरप्रसाद आचार्य म्याग्दी,कात्तिक २६ गते । माथिल्लो मुस्ताङका दुई गाउँपालिकाका स्थानीयहरुलाई लक्षित गरेर भोली सोमबार देखि संचालन गर्न लागिएको कोरला नाकामा दुवै तर्फ तयारी पुरा गरिएको छ । सोमबार विहान दश बजेदेखि नाका औपचारिक रुपमा खुल्ने भएको छ । भोली विहान दश बजे दुवै देशका अधिकारीहरुले औपचारिक रुपमा नाका संचालनको उद्घाटन गर्ने छन् । चीन […]

पुराना कला, संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड

विकल्प न्यूज\बेनी कात्तिक २५ गते । हाम्रो परम्परा ः हाम्रो पहिचान भन्ने मूल नारासहित लोकवार्ता परिषद् नेपालको १२औं सङ्गोष्ठी शुक्रवार म्याग्दीको बेनीमा सम्पन्न भएको छ । लोकवार्ता परिषद् नेपालको आयोजना, जनकवि केशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको सहआयोजना र लोकवार्ता परिषद् नेपाल १२औं सङ्गोष्ठी म्याग्दीको स्थानीय संयोजनमा कार्यक्रम सञ्चालन गरिएको हो । म्याग्दी बहुमुखी क्याम्पसमा भएको १२औं […]

पोखरेबगरमा अन्नपूर्णको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई

विकल्प न्यूज \बेनी कात्तिक २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समिक्षा, २०८०÷०८१ को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरको छ । शुक्रबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरिएको कार्यक्रममा पालिकाका प्रशासन शाखा, आर्थिक प्रशासन, स्वास्थ्य, कृषि, पशु, शिक्षा, युवा तथा खेलकुद, पूर्वाधार तथा भवन निर्माण, राजस्व, याजना लगायत […]

मंगलामा सार्वजनिक सुनुवाई सम्पन्न 

विकल्प न्यूज/बेनी कात्तिक २३ गते । मंगला गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ । पहिलो चौमासिकको अवधिमा प्रवाह भएको सार्वजनिक सेवा,विकास योजना तथा कार्यक्रमका वारेमा  सेवाग्राहीहरुबाट राय सुझाव लिन पालिकाले वडा नम्बर ३ आर्भाङमा विहिवार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा उपस्थित भएका वडा नम्बर ३ र ४ […]

पर्वतारोही निर्मल पुर्जाले लिए गैरआवासीय नेपाली नागरिकता

विकल्प न्यूज/बेनी कात्तिक २३ गते । दुई वर्ष अगाडि विश्वका ८ हजार मिटर भन्दा माथिका १४ वटा हिमालहरु सवैभन्दा कम समयमा आरोहण गरि विश्व किर्तीमानी बनाउनुभएका म्याग्दीका निर्मल पूजाले गैर आवासीय नागरिकता लिनुभएको छ । उहाँले जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट विहिवार दिउँसो नागरिकता लिनुभएको हो । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले पूर्जालाई गैर आवासीय नेपालीहरुले […]