समाचार
एमाले जलजला गाउँपालिका कमिटीको अध्यक्षमा लालबहादुर अधिकारी निर्बाचित
विकल्प न्यूज/बेनी कार्तिक १० गते । नेकपा एमाले जलजला गाउँपालिकाको अध्यक्षमा लालबहादुर अधिकारी निर्वाचित हुनुभएको छ । बुधवार लामाखेतमा सम्पन्न प्रथम अधिवेशनले अधिकारी सहित पदाधिकारी ७५ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो । कमिटीको उपाध्यक्षमा बावुराम कार्की, सचिव महेन्द्र रेग्मी ,उपसचिवहरुमा विकास गिरी र निलकण्ठ सुवेदी चयन हुनुभएको निर्वाचन मण्डलका अध्यक्ष यज्ञप्रसाद सुवेदीले […]
नेकपा एमाले मंगलाकाे अध्यक्षमा सतप्रसाद राेका निर्वाचित
विकल्प न्युज/ बेनी कार्तिक ९ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मंगला गाउपालिका प्रथम अधिवेशन बाट अध्यक्षमा सतप्रसाद रोका उपाध्यक्ष पेमा अधिकारी सचिव चिरञ्जीवी शर्मा उप- सचिव दर्पण रोका मगर उपसचिव चक्रलाल पाण्डे सहित सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
एमाले बेनी नगर कमिटीको नेतृत्वमा तीन जनाको दावी
विकल्प न्युज/बेनी कार्तिक ९ गते । नेकपा एमाले म्याग्दी बेनी नगर अधिवेशनमा नेतृत्वको लागी तीन जनाले दावि पेश गर्नुभएको छ । मंगलवार आयोजित नगर अधिवेशनमा सहमती जुट्न नसकेपछि बुधबार बिहान १० बजे देखि सुरु हुने गरि स्थगित भएको छ । अधिवेशनको बन्द सत्रमा नेतृत्व चयनमा आंकाक्षीहरु धेरै देखिएको र तिनिहरुविच सहमतिको प्रयास भइरहेकाले अधिवेशन स्थगित […]
एमाले रघुगंगा गाउँपालिका कमिटि अध्यक्षमा दिपक कार्की निर्बाचित
विकल्प न्युज/ बेनी कार्तिक ९ गते । नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटि अध्यक्षमा दिपक कार्की निर्बाचित हुनुभएकोे छ । मंगलबार रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम पालिका अधिवेशनबाट कार्की सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । ५८ सदस्यीय पालिका कमिटिको उपाध्यक्षमा गम पुन, सचिवमा झलक शर्मा, उपसचिवमा याम कुमारी गर्वुजा र दिपा पुन चयन हुनुभएको […]
एमाले मालिका गाउँपालिका अध्यक्षमा बेग प्रसाद गर्वुजा निर्बाचित
विकल्प न्युज/बेनी कार्तिक ९ गते । नेकपा एमाले मालिका गाउँपालिका कमिटि अध्यक्षमा बेग प्रसाद गर्वुजा निर्बाचित हुनुभएकोे छ । मंगलबार मालिका गाउँपालिकाको केन्द्र दरवाङ्गमा सम्पन्न प्रथम अधिवेशनबाट गर्बुजा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । ६१ सदस्यीय पालिका कमिटिको उपाध्यक्षमा दलमान पुन, सचिवमा सन्तनाथ सुवेदी सन्तोष, उपसचिवमा भुपेन्द्र दर्जी र धन बहादुर बोहोरा चयन हुनुभएको […]
नेकपा एमाले म्याग्दीको ३४ वडामा नयाँ नेतृत्व चयन
म्याग्दी, ७ कात्तिक । एमाले म्याग्दीले ३४ वडामा एमालेले नेतृत्व चयन गरेको छ। नेकपा एमाले जिल्ला कमिटीले कात्तिक ६, ७ र ८ गते गरी जिल्लाका सबै वडामा वडाकमिटी गठनलाई तिव्रता दिएको छ । जिल्लाको बेनी नगरपालिका, गाउँपालिका अन्तरगत मंगला र मालिकाको सबै वडामा कमिटी गठन सम्पन्न गरेको छ । बेनी नगरपालिकाको सबै नेकपा एमालेले वडामा […]
४ वर्षपछि पुन: मतगणना हुँदा वडाध्यक्षको मतपरिणाम उल्टियो
७ कात्तिक, जनकपुरधाम । अदालतको आदेशमा चार बर्षपछि आइतबार महोत्तरीको एक वडामा भएको स्थानीय तह निर्वाचन २०७४ को मतगणनामा मतपरिणाम उल्टिएको छ । उच्च अदालत जनकपुरधाम र सर्वोच्च अदालतले दिएको आदेश बमोजिम महोत्तरीको मनरासिस्वा नगरपालिका–१० को पुनः मतगणना हुँदा पहिले पराजित उम्मेदवार विजयी भएका हुन् । यसअघि निर्वाचन आयोगले यो वडामा नेपाली कांग्रेसका उम्मेदवार अरुण […]
माओवादी केन्द्र म्याग्दीले थाल्यो वडा र पालिका सम्मेलनको तयारी
विकल्प न्यूज/बेनी कार्तिक ७ गते । नेकपा माओवादी केन्द्रले म्याग्दीमा वडा र पालिका सम्मेलनको तयारी शुरु गरेको छ । बेनीमा शनिबार बसेको जिल्ला समन्वय कमिटिको बैठकले यही कात्तिक २७ गते टोल भेला, मंसिर ४ गते वडा र ११ गते पालिका सम्मेलनको मिति तय गरेर तयारी शुरु गरेको हो । माओवादीका जिल्ला संयोजक रेशम जुग्जालीले जिल्लाका […]
माेनाकाे अध्यक्षमा अमर छन्त्याल निर्वाचित
विकल्प न्युज / बेनी कार्तिक ४ गते । म्याग्दी प्रवासी नेपाली संघ (माेना) अन्तर्राष्ट्रिय कार्यकारी समितिकाे अध्यक्षमा अमर छन्त्याल निर्वाचित हुनुभएको छ । बेनीमा सम्पन्न चौथाे महाधिवेशनले म्याग्दीको गुर्जा जन्मघर भई हाल अमेरिकामा बसाेवास गर्नु हुने छन्त्यालकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्विराेध निर्वाचित गरेकाे निर्वाचन मण्डलका संयाेजक सुवाष कुमार श्रेष्ठले जानकारी दिनुभयाे । यसैगरी वरिष्ठ उपाध्यक्ष […]
सामाजिक कार्यका लागि प्रवासी म्याग्देलीबाट दुई करोड साठी लाख सहयोग भित्रियो
विकल्प न्युज/ बेनी कार्तिक ३ गते । प्रवासी म्याग्देलीबाट सामाजिक कार्यका लागि रु दुई करोड ६० लाखभन्दा बढी सहयोग भित्रिएको छ । रोजगार, व्यापार, व्यवसाय र अध्ययनको सिलसिलामा विदेशिएकाले म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) मार्फत पछिल्लो दुई वर्षका अवधिमा सो सहयोग जन्मथलोमा भित्र्याएका हुन् । मोनाको मङ्गलबारदेखि बेनीमा सुरु भएको चौथो महाधिवेशनमा अध्यक्ष ओमनारायण जुग्जालीले […]
प्रदेश १, २, वाग्मती र गण्डकीमा बुधबार भारी वर्षाको सम्भावना
विकल्प न्यूज/काठमाण्डौं कार्तिक ३ गते । नेपालमा भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यूनचापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ । गत असोज ३१ गतेबाट उक्त प्रणाली सक्रिय हुँदै नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भएको थियो । […]
उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रवासी म्याग्देलीलाई अनुरोध
विकल्प न्यूज/बेनी कार्तिक २ गते । म्याग्दीको विकास र समृद्धिका लागि उत्पादनमुलक क्षेत्रमा लगानी भित्राउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । म्याग्दीको सामाजिक क्षेत्रमा सघाउँदै आएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको बेनीमा सुरु भएको चौथो महाधिवेशनमा बोल्ने वक्ताहरुले जिल्लाको विकासका लागि उत्पादनमुलक क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका हुन । कार्यक्रममा […]
बेनीमा माेनाकाे चौथाे महाधिवेशन सुरू ( भिडियो /फाेटाे )
विकल्प न्युज/बेनी कार्तिक २ गते । बेनीमा माेनाकाे चौथाे महाधिवेशन सुरू भएको छ । अधिवेशन सुरू हुनुभन्दा अघि बेनीमा झाँकि र वाजागाजा सहित र्यालि निकालिएको छ । जिसस सभाहलमा अधिवेशनकाे उद्घाटन सांसद भुपेन्द्र बहादुर थापाले गर्नुभएको छ। विभिन्न पेशा र राेजगारिकाे क्रममा संसारभर छरिएर रहेका म्याग्देेलिहरूकाे साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (माेना) अन्तर्राष्ट्रिय कार्यकारि […]
बेनीमा हुने माेनाकाे चौथो महाधिवेशनकाे तयारी पूरा (भिडियो सहित)
विकल्प न्युज/ बेनी कार्तिक १ गते । संसारभर छरिएका म्याग्देलिहरूकाे साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(माेना) अन्तर्राष्ट्रिय कार्यकारी समितिकाे कार्तिक २ र ३ गते बेनीमा हुने चौथो महाधिवेशनकाे तयारि पूरा भएको अायाेजकले बताएका छन् । साेमबार माेनाकाे सचिवालयमा अायाेजित पत्रकार भेटघाट कार्यक्रममा माेनाका महासचिव विक्रम कार्कीले अधिवेशनकाे सवै तयारी पूरा भएको जानकारी दिनुभएको हाे । […]
मोनाको चौथो महाधिवेशन ः अध्यक्षमा तिन जनाको उम्मेदवारी दर्ता
विकल्प न्यूज/बेनी असोज ३१ गते । नयाँ नेतृत्व चयनका लागि कार्तिक २ र ३ गते बेनीमा हुने म्याग्दी प्रवासी नेपाल संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशनमा तिनजनाले अध्यक्ष पदमा उम्मेदावरी दर्ता गराएका छन् । समितिका वर्तमान वरिष्ठ उपाध्यक्ष मीम पुर्जा, उपाध्यक्ष अमर छन्त्याल र महासचिव विक्रम कार्कीले आगमी नेतृत्वको दावी गर्दै अध्यक्ष पदका लागि […]