पहिराे खसेपछि बेनी–दरबाङ सडक फेरि बन्द
विकल्प न्यूज\बेनी
कात्तिक ६ गते । एक हप्तापछि आज शुक्रवार बिहान खुलेको बेनी–दरबाङ सडक फेरि बन्द भएकाे छ । पहिरो खसेपछि बेनी–दरबाङ सडक खण्डकाे फाफरखेतमा सीधा गाडी आवतजावत बन्द भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार रातको समयमा जोखिम धेरै हुने भएकाले गाडी आवागमनमा रोक लगाइएको छ भने भोलि शनिवार बिहान पहिरो पन्छाएर सडक खुलाइनेछ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेकाे फापरखेतमा गएकाे असोज ३१ गतेदेखि सुक्खा पहिरो खस्न थालेपछि बन्द भएको सडकमा बिहानदेखि गाडी चल्न थालेकाे थियाे । सडक अवरुद्ध भएसँगै दसैं मानेर फर्किनेहरु समस्यामा परेका छन् ।
प्रतिक्रिया राख्नुहोस्