आचार्य परिवारद्धारा स्वास्थ्य चौकीलाई जग्गा दान

विकल्प न्यूज/पर्वत
माघ १० गते ।
उत्तरी पर्वतको धाइरिङ ४ सल्यानमा रहेको स्वास्थ्य चौकीलाई स्थानीय वासिन्दाले करिब ५ लाख रुपियाँ भन्दा बढी मूल्य बराबरको जग्गा उपलब्ध गराएका छन् ।bharatधाइरिङ ४ सल्यान घर भइ हाल बेनीको अस्पताल चोकमा वसोवास गर्नुहुने भरतप्रसाद आचार्यले गाउँमा स्वास्थ्य चौकीको भवन निर्माण गर्नका लागि १२ आना जग्गा सहयोग गर्नुभएको हो । आचार्यले यस अघि २०५२ सालमा गाउँमा उपस्वास्थ्य चौकीको भवन निर्माणका लागि ४ आना जग्गा उपलब्ध गराउनुभएको थियो । अहिले स्वास्थ्य चौकीलाई थप जग्गा आवश्यक भएकाले आचार्यले अहिले पुन ८ आना जग्गा उपलब्ध गराउनुभएको व्यवस्थापन समितिका अध्यक्ष रुद्रलाल उपाध्यायले बताउनुभयो ।

गाउँमा स्वास्थ्य चौकीको सुबिधासम्पन्न भवन निर्माणका लागि आफूले निशुल्क जग्गा उपलब्ध गराएको आचार्यले बताउनुभयो । आचार्यले उपलब्ध गराएको जग्गाले मात्र नपुगेपछि गाउँलेहरुले स्वास्थ्य चौकी सँगै जोडिएको ३ रोपनी जग्गा १९ लाखमा खरिद गर्ने योजना बनाएका छन् । जग्गा खरिद गर्नका लागि आवश्यक पर्ने रकम जुटाउन गाउँलेहरुले आर्थिक संकलन अभियान सञ्चालन गरेको सहयोग संकलन अभियानका संयोजक टुङगनाथ आचार्यले बताउनुभयो ।