संविधान कार्यान्वयनप्रति सरकार उदाशिन ः ज्ञवाली

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ७ माघ ।
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले संबिधान कार्यान्वयनका लागि सरकार उदाशिन बनेको टिप्पणी गर्नुभएको छ ।umlउहाँले जतिसक्दो छिटो स्थानीय, प्रदेश र राष्ट्रिय चुनावको मिती घोषणा गर्न सरकारसंग माग समेत गर्नुभयो । अनेरास्ववीयु म्याग्दीको १९ औ जिल्ला अधिवेशनको शुक्रबार बेनीमा उद्घाटन गर्दै सचिव ज्ञवालीले संबिधान कार्यान्वयनका लागि आगामी ११ महिनाभित्र तिन वटै तहको निर्वाचन गर्नुपर्ने बताउनुभयो ।
akhil 2२०७४ माघ ७ गतेभित्र निर्वाचन गर्न नसके देश प्रतिगमनतर्फ धकेलीने भएकाले मिती घोषणा गरी चुनावको वातावरण बनाउनुपर्ने बेलामा सरकार संबिधान संसोधनको बाहना निकालेर दायीत्वबाट पन्छिन खोजेको बताउनुभयो । उहाँले देशलाई जातीय बिखण्डन र मधेशलाई अलग गर्ने मनशायले संसदमा दर्ता भएको संसोधन प्रस्ताव एमालेले कुने पनि हालतमा पारित हुन नदिने बताउनभुयो ।

सत्ता साझेदार दलहरुले हार्ने डरले निर्वाचन गराउन आलटाल गरेको र सत्ता टिकाउन एक सिटे सांसदलाई पनि सरकारमा सहभागी गराएको टिप्पणी गर्नुभयो । सिमांकन हेरफेर, भाषा, नागरीकता र केन्द्रिय सभामा प्रतिनिधित्वमा गर्न खोजीएको संसोधन प्रस्ताव नेपालको राष्ट्रियता, स्थायीत्व र विकासका लागि अहितकारी रहेको सचिव ज्ञवालीले बताउनुभयो ।akhilसंबिधानको कार्यान्वयन, राष्ट्रियताको रक्षा, आत्मनिर्भर, सम्बृद्ध र स्वाधिन नेपाल नेकपा एमालेको एजेण्डा भएको सचिव ज्ञवालीले बताउनुभयो । कार्यक्रममा अनेरास्ववीयुका केन्द्रिय उपाध्यक्ष सुनीता बरालले सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र सचिवालय सदस्य एवं विद्यार्थी बिभाग प्रमुख दिपक बिखर्चीले आगामी निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने गरि चुनावको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो । अनेरास्ववीयुका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष प्रकाश पौडेलले राजनीतिलाई समाजसेवासंग जोडेर आफ्नो संगठन अगाडी बढेको बताउनुभयो ।akhil3उहाँले आफ्नो कार्यकालमा भुकम्प, बाढी पहिरो पीडितको उद्धार, पुननिर्माण, विद्यार्थी अधिकारका लागि भएका गतिबिधिहरुको बारेमा जानकारी गराउनुभएको थियो । अनेरास्ववीयुका केन्द्रिय सचिवालय सदस्य तथा महिला बिभाग प्रमुख सम्झना अधिकारी, धौलागिरी ईञ्चार्ज जुनु तामाङ लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो । akhil 5अधिवेशन आयोजक समितिका संयोजक सुवास विश्वकर्माको अध्यक्षता, सचिवालय सदस्य सावीत्री खत्रीको सञ्चालन र ईश्वर सुवेदीको स्वागत मन्तब्यमा सम्पन्न उद्घाटन कार्यक्रममा नृत्य र नाटक प्रस्तुत गरिएको थियो । अधिवेशन उद्घाटन कार्यक्रम सुरु हुनु पहिले बेनी बजारमा ¥याली निकालीएको थियो ।akhil 4शनीबार सकिने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । आगामी नेतृत्वका लागि सुवास विश्वकर्मा, सावीत्री खत्री र ईश्वर सुवेदी आकाक्षी देखिनुभएको छ । अधिवेशनमा विभिन्न विद्यालय र क्याम्पस ईकाईका तिन सय जना प्रतिनिधि पर्यवेक्षक सहभागी भएको अनेरास्ववीयु म्याग्दीले जनाएको छ ।