राप्रपाको प्रथम नगर परिषद् सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ६ माघ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको बिहीबार बेनीमा सम्पन्न प्रथम नगरि परिषद्ले हरिबहादुर शाक्यको अध्यक्षताा ३० सदस्यीय बेनी नगर कार्य समिति निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा चन्द्रबहादुर कुँवर, टेकबहादुर कार्की, सचिवमा हरिप्रसाद शर्मा, कोषाध्यक्षमा डम्मरबहादुर सुवेदी, सहसचिवमा एकेन्द्रबहादुर रावल, दलकेशर बानिया, महिला सदस्यमा सुमीत्रा केसी र दलित सदस्यमा कृष्णबहादुर सार्की चयन हुनुभएको छ । IMG_1186परिषद्ले कार्य समितिमा १४ वटा वडाबाट एकएक जनाको दरले प्रतिनिधित्व गराएको छ । नगेन्द्रबहादुर बोगटी, रामबहादुर थापामगर, जितबहादुर थापामगर, कृष्णबहादुर सुवेदी, पहलबहादुर खत्री, हिक्मत शेरचन, सञ्जु बरुवाल, सुशिला थापा क्षेत्री, पूर्णबहादुर कार्की (सुर्य), क्षेत्रबहादुर चोखाल, अर्जुनबहादुर बानिया, रुप नारायण श्रेष्ठ, लिलाधर अधिकारी (जैसी) र रमेश खत्री नगद सदस्यमा चयन हुनुभएको छ ।

यसैगरी भीमबहादुर बानिया, झलकबहादुर बानिया, लालप्रसाद कडेल, बिरेन्द्रबहादुर रावल, टेकबहादुर श्रेष्ठ, महेन्द्र केसी र मुन्ना केसीलाई पनि सदस्यमा चयन गरिएको राप्रपा म्याग्दीले जनाएको छ । राप्रपाको जिल्ला परिषद्मा प्रतिनिधित्व गर्न जिल्ला तथा नगर समितिबाट छनौट हुने व्यवस्था रहेको छ ।

परिषद्लाई सम्बोधन गर्दै प्रमुख अतिथि पुर्व राज्यमन्त्री तथा राप्रपाका केन्द्रिय सदस्य भिमप्रसाद गौचनले ठूला दलले डलरको लोभमा हिन्दु धर्म र राष्ट्रियता बेचेको आरोप लगाउदै जनताले उनिहरुको विकल्प खाजेकाले राष्ट्रवादी शक्ति अबको निर्वाचनमा पहिलो हुने उद्घोष गर्नुभयो ।
राप्रपा म्याग्दीका अध्यक्ष एकेन्द्रबहादुर रावलको अध्यक्षता, प्रवत्ता हरिप्रसाद शर्माको सञ्चालन र सहअध्यक्ष पहलबहादुर खत्रीले स्वागत गर्नुभएको कार्यक्रमका उपाध्यक्ष बिरबहादुर थापा क्षेत्रीले धन्यवाद सहित समापन गर्नुभएको थियो । नगर परिषद् उद्घाटन कार्यक्रममा अन्य पार्टी परित्याग गरि राप्रपा प्रवेश गरेकाहरुलाई अध्यक्ष रावल र केन्द्रिय सदस्य गौचनले स्वागत गर्नुभएको थियो ।