यस्तो देखियो बेनीमा मगर समुदायकोे झाँकी प्रदर्शन (फोटो फिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
बेनी(म्याग्दी) माघ १ गते ।DSC_0251म्याग्दीका मगर समुदायले माघेसक्रान्ति पर्वका अवसरमा साँस्कृतीक झाँकी प्रदर्शन गरेका छन् । जातिय भेषभूषामा सजिएका युवायुवतीहरु सोरठी, पुख्यौली नृत्य, सालैजो, भाकाका साथै विभिन्न लोकगीत र नृत्यहरुमा छमछमी नाच्दै माघेसक्रान्ति पर्व मनाएका हुन । DSC_0343माघे संक्रान्ति पर्वलाई मगर समुदायमा ठूलो चाडका रुपमा लिइन्छ । उनीहरुले कला संस्कृतीको संरक्षण गर्नका लागि खुल्ला पुख्र्यौली नृत्य प्रतियोगिताको आयोजना गरेका छन् ।  DSC_0246  DSC_0269 DSC_0271 DSC_0281 DSC_0288 DSC_0290 DSC_0298 DSC_0301 DSC_0307 DSC_0308 DSC_0310  DSC_0318 DSC_0320 DSC_0323    DSC_0339जनजातिहरुको बाहुल्यता भएको म्याग्दीमा मगर समुदायले माघे संक्रान्ति पर्वलाई साँस्कृतिक कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाएका छन् । मगर कला संस्कृति र भेषभूषाको संरक्षण गर्नका लागि कार्यक्रमको आयोजना गरिएको मगर संघ म्याग्दीका सचिव लोकेश पुन मगरले बताउनुभयो । प्रतियोगितामा जिल्लाभरबाट २१ समुहले भाग लिएका छन् । DSC_0312मगर भेषभूषामा सजिएका युवा युवती र वुढापाकाहरु सहतिको ¥यालीमा सालैजो भाका सँगै युवा युवती र वुढापाकाहरु छमछमी नाच्दै बजार परिक्रमा गरेका थिए । उनीहरुले मगर समुदायमा लोपन्मुख सोरठी,पुख्र्यौली र मारुनी नृत्य देखाएका थिए । DSC_0336मगर समुदायले प्रकृतिको पुजा गर्दै हर्षउल्लासपुर्वक माघे संक्रान्ति पर्व मनाएउने गर्दछन् । मगर समुदायले माघे संक्रान्तिलाई प्राकृतिक रुपमा नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । DSC_0334

माघमा बर्खा र साउनमा हिउँदको सुरु भएको संकेतका रुपमा लिने मगर समुदायले माघे संक्रान्तिमा एक आपसमा भेला भई शुभकामना साटासाट र विविध सांस्कृतीक कार्यक्रम गरेर मनाउने प्रचलन रहेको राजकुमार थापाले बतााउनुभयो । कला संस्कृति र भेषभूषाको संरक्षण गर्नु युवाहरुको दायित्व हो,युवा खम थापा मगरले भन्नुभयो ‘कला र संस्कृति संरक्षणमा युवाहरुलाई जागरुक बनाउन कार्यक्रमको आयोजना गरिएको हो ।’DSC_0332