संसोधन प्रस्ताव फिर्ता लिन माग गर्दै बेनीमा बिरोध प्रर्दशन

विकल्प न्यूज/बेनी
मंसिर १६ गते ।
सरकारले केही दिनअघि संसदमा दर्ता गरेको संबिधानको दोस्रो संसोधनको प्रस्ताव फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयुले बिहीबार साँझ बेनीमा बिरोध प्रर्दशन गरेका छन् ।

बेनीको पिपलचोकदेखि क्याम्पसचोकसम्म राँके जुलुस र क्याम्पसचोकदेखि राँको बाहेकको जुलुले बजार परिक्रमा गरेको थियो । क्याम्पसचोक र जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा छुट्टाछुट्टै कोणसभा भएको थियो ।dsc07761बिरोधमा सहभागी विद्यार्थीहरुले संसोधन प्रस्तावले संबिधान कार्यान्वयनलाई जटिलता र देशलाई बिखण्डनतर्फ धकेल्ने भएकाले फिर्ता गर्न र सरकारले राजिनामा दिनुपर्ने नारा लगाएका थिए । कोणसभालाई एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदी, सचिवालय सदस्य तथा विद्यार्थी फ्याक्सन ईञ्चार्ज दिपक कार्की (बिखर्ची) र अनेरास्ववीयुका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्षले सम्बोधन गर्नुभएको थियो ।

अनेरास्वव्यु म्याग्दीका सचिवालय सदस्य सुवास बिकको नेतृत्वमा भएको बिरोध प्रर्दशन तथा कोणसभाका बत्ताहरुले पाँच नम्बर प्रदेश फुटाउने, नागरिकता लगायतका विषयमा गर्न खोजीएको संसोधन नेपालका लागि घातक भएको बताएका थिए ।