नारच्याङको लुकेको सम्भावना (फोटोसहित)

शब्द सन्तोष गौतम/ तस्विर सन्दिप खत्री
मंसिर १६ गते । img_9054म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने नारच्याङ विश्व प्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा समावेश छ । नारच्याङलाई स्थानीय तहको पुनसंरचनाका क्रममा अन्नपूर्ण गाउँपालिकामा प्रस्ताव गरिएको छ । घलेम्दी, निलगिरी, रेले, मिस्त्री जस्ता नदीहरु रहेको नारच्याङमा जलविद्युतको प्रशस्त सम्भावना छ ।   img_9072दुइ मेघावाट क्षमताको तातोपानी जलविद्युत आयोजना सञ्चालनमा रहेको नारच्याङमा ५ मेघावाटको घलेम्दीखोला निर्माणाधिन अवस्थामा छ भने ४२ मेघावाटको मिस्त्रीखोला निर्माण सुरु भएको छ । १० वटा जलविद्युत आयोजना निर्माणको प्रक्रियामा छन् ।

जलविद्युत मात्र नभएर नारच्याङको पर्यटन र कृषि क्षेत्रमा समेत उत्तिकै सम्भावना देखिन्छ । नारच्याङ्मा पर्ने आठ हजार ६१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीकै सिमानाभित्र पर्ने भएपनि पहलको कमीले यसबाट लाभ भने लिन नसकेको स्थानीय अगुवाहरु बताउँछन् ।

“नारच्याङ गाविसमा पर्ने अन्नपूर्ण हिमाल म्याग्दीको गहना भनेर चिन्न नसक्दा जिल्लाले धेरै पर्यटन रोयल्टी गुमाएको छ” एक्याप अन्तर्गतको गाउँ संरक्षण व्यवस्थापन समितिका अध्यक्ष एवम् गाउँका अगुवा तेज गुरुङ भन्नुहुन्छ “अन्नपूर्णको रोयल्टी भित्र्याउन सकेमा नारच्याङ र जिल्लाको विकासमा ठूलो योगदान पुग्छ । राजनीतिक नेतृत्व, जनप्रतिनिधि र जिविस लगायतका निकायले पहल गर्नुपर्छ ।”img_9286नारच्याङको बेशीगाउँबाट दुई दिनमा अन्नपूर्ण आधार शिवीर पुग्न सकिन्छ । नारच्याङबाट आधार शिवीर सम्म पुग्ने पदमार्ग समेत निर्माण भएको छ । त्यसलाई स्तरवृद्धीका साथै मर्मत सुधार र पदमार्गमा होटल तथा लजको आवश्यकता छ ।

४४६ घरधुरीको बसोबास रहेको नारच्याङ्को बेशीगाउँ, लेकगाउँ, गाडपार, बाँसबोट र घराप मुख्य बस्ती हुन् । पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने पदयात्री नारच्याङको बाटो भएर आवत जावत गर्छन् ।img_9259बसाईरसाईका कारण लेकगाउँको बस्ती रित्तिदै गएको छ । लेकगाउँबाट निलगिरी, अन्नपूर्ण र धौलागिरी हिमालको मनमोहन दृष्य अवलोकन गर्न सकिन्छ । पृष्ठभुमिमा रहेको नारच्याङ भुमे छहराले बेशीगाउँलाई थप सुन्दर, लोभलाग्दो र आकर्षक बनाएको छ ।

यो छहराको पानीले बेशीगाउँको फाँटमा बाह्ै महिना खेती गर्न पुग्छ । सिचाईको समस्या नभएको, मुस्ताङसंग सडक जोडिएको र स्थानीय बजार भएकाले तरकारी, फलफुल खेतीको बेसीगाउँमा प्रशस्त सम्भावना छ । लेकगाउँ नजिकै रहेको स्वाँरखेत आलु खेतीका लागि प्रसिद्ध छ ।

बर्खामा आलु, कोदो खेती हुने धेरै क्षेत्रफलमा फैलीएको समथर भुभाग भएको सेरफाँटमा सिचाईको समस्या छ । यस वर्ष जिविसको बिस लाख रुपैयाँ अनुदानमा यहाँ सिचाई आयोजना निर्माण हुँदैछ । स्वाँरखेतको फाँटमा चरिचरन गर्ने गाईभैसी, भेडाबाख्रासंगै पृष्ठभुमिमा हिमालको दृष्यअवलोकन गर्न पाउँनु अर्को बिशेषता हो ।dsc07415यस स्थानसम्म सडक पुगेमा धेरै विकास हुने देखिन्छ । जंगल र पाखोबारी भएकाले भेडाबाख्रा, गाईभैसीपालन गरेर गाउँलेले आम्दानी गर्न सक्छन् । नारच्याङमा मगर समुदायको बाहूल्य बसोबास छ ।

पुन, गर्बुजा, पुर्जा लगायत थरका मगर समुदायको सांस्कृतीक पहिचान सोरठी गीत र पुख्यौली नृत्य रोचक तथा मौलीक छ । गाउँमा आउने पाहुनालाई नारच्याङ्को आमा समूह, युवा कल्वले पुख्यौली नृत्य देखाएर स्वागत गर्छन् ।purkhauli-groupयसरी नाचगान गरेर जुटाएको पैसाले उनिहरुले सामुदायिक भवन र खेलमैदान बनाएका छन् । केही घरमा होटल र घरवासको व्यवस्था भएकाले नारच्याङ जाने पाहुनालाई आवासको समस्या हुँदैन् ।