विद्यार्थीद्धारा गलेश्वर मन्दिर सरसफाइ

विकल्प न्यूज/बेनी
मंसिर १६ गते ।
वेष्ट पोइन्टका विद्यार्थीले गलेश्वर मन्दिर सरसफाइ गरेका छन् । बालाचतुर्दशीका दिन प्रशिद्ध तिर्थस्थल गलेश्वर धाममा सात बिज छर्ने र तिर्थालु भक्तजनको धेरै उपस्थिति हुने साथै यस अबसरमा उत्पन्न भएको फोहोर मैला ब्यबस्थापन गर्न विद्यार्थिले सरसफाइ गरेका हुन् । m6न्यु वेष्ट पोइन्ट आबासिय मावि कक्षा ७ र ८ का केहि बिद्यार्हिहरुले बुधबार सरसफाई गरेका हुन् । जुनियर रेडक्रस सर्कल वेष्ट पोइन्टका शिक्षक नायक राकेश चौधरीको नेतृत्वमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।m2हरेक वर्ष यसरि विद्यार्थीलाई सामाजिक उत्तरदायित्व के हो र कसरि प्रत्येक व्यक्तिले सामाजिक जिम्मेवारी बहन गर्न सकिन्छ भन्ने कुरा यस्ता सामाजिक कार्यक्रमले सिकाउने शिक्षक नायक राकेश चौधरीले बताउनु भयो। साथै व्यक्तिमा, पबित्र धार्मिक तथा ऐतिहासिक स्थलहरुको संरक्षण र प्रबर्धन गर्न उत्प्रेरित गर्न सघाउने गर्दछ ।
यसका साथै यस्ता कार्यले विदुयार्थीमा वातावरणीय सरसफाई प्रति सचेत रहन उत्प्रेरित गर्ने गर्दछ । सरसफाई गरिसके पछी बिद्यार्थीहरुलाई गलेश्वर शिवालय क्षेत्र विकास समितले प्रसाद वितरण गर्नुका साथै प्रसंसा गरेको राकेश चौधरीलाई उदृत गर्दै वेस्ट पोइन्टले जनाएको छ ।