बेनीमा सिसिक्यामेरा जडान

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १५ मंसिर ।
म्याग्दीको सदरमुकाम बेनी बजारमा सिसिक्यामेरा जडान भएको छ । बेनीको शान्ति सुरक्षालाई थप सुदृढ पार्ने र आपराधिक गतिबिधि नियन्त्रणमा सहयोग गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघको पहलमा बजारका विभिन्न आठ ठाउँमा सिसीक्यामेरा जडान भएको हो ।dsc07675 कालीपुल बसपार्क र क्याम्पसचोकमा दुईदुई तथा संगमचोक, न्युरोड, जिल्ला प्रशासन कार्यालय अगाडी र बालमन्दिर चोकमा एकएक वटा सिसीटिभी क्यामेरा जडान भएको छ ।

दरवाङ बसपार्क, मंगलाघाट र हुलाकचोक लगायतका ठाउँमा थप आठ वटा सिसीक्यामेरा जडान गर्ने तयारी भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्माले जानकारी दिनुभयो । साढे एघार लाख रुपैयामा आठ वटा क्यामेरा जडान गर्ने सम्झौता भएकोमा थप आठ वटा जडान गर्ने तयारी भएकाले लागत पनि बढ्ने उहाँले बताउनुभयो ।dsc07659क्यामेरा जडानका लागि बेनी नगरपालीका कार्यालयले सार्वजनिक निजी क्षेत्र साझेदारी कार्यक्रम मार्फत चार लाख र जिविसले दुई लाख रुपैया अनुदान दिएको छ । बाँकी रकम बजारका बैङ्क, वित्तिय संस्था, सहकारी र ब्यवसायीहरुबाट जुटाउने अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

बजारको विभिन्न ठाउँमा राखीएको सिसीटिभी क्यामेराले कैद गर्ने दृष्य (फुटेज) फाईवर मार्फत जिल्ला प्रहरी कार्यालयको नागरीक सहायता कक्षबाट अवलोकन गर्न सकिने प्रबिधि जडान भएको छ ।

शान्ति सुरक्षा कायम गर्नुका साथै, बजारभित्र हुने दुर्घटना, चोरी, कुटपिट जस्ता घटनाको अनुसन्धान गर्न र अपराधीलाई पक्राउ गर्न सिसीटिभी क्यामेराले सघाउ पुग्ने प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताउनुभयो ।

१५ वटा बैङ्क तथा वित्तिय संस्था, करिब तिस वटा सहकारी, दर्जनौ सुनचाँदी पसल लगायत संवेदनशिल क्षेत्रको सुरक्षाका लागि तिन वर्षअघिदेखि सिसीटिभी क्यामेरा जडान गर्ने प्रक्रिया थालीएको थियो ।