यस्तो छ जिल्ला अस्पताल बेनीको साइनबोर्ड बगैंचा

घनश्याम खड्का /बेनी
मंसिर १४ गते ।

कालीपुल बसपार्कबाट बेनीबजार पस्दा जिल्ला अस्पताल बाटैमा पर्छ । अस्पताल हातामा सिसौंका रूख–रूखमा ‘संरक्षित बगैंचा/उद्यान’ लेखिएका साइनबोर्डहरू झुन्डिएका देख्न सकिन्छन् । dsc08126दुई दर्जनबढी सामाजिक संघसंस्था, विद्यालयका नामअंकित साइनबोर्डमुनि फूलहरू होइन, झाडी उर्मिएका छन् । कतिपय बोर्ड त झाडीभित्रै छोपिएका पनि छन् । अस्पतालको खाली ठाउँलाई सुन्दर बगैंचा बनाउने योजना बन्यो । dsc08131   युवासंघ, तरुण दल, नेविसंघ, अनेरास्ववियु, सदरमुकामका निजी विद्यालयहरू, युवा क्लब, लायन्स क्लब र जेसिजलगायत गैरसरकारी संस्थाहरूले प्लट–प्लटमा आ–आफ्ना साइनबोर्ड झुन्डयाए । तर, बगैंचा भने कसैले बनाएनन् ।dsc08128 ‘एक दिन आए सबैले आ–आफ्नो संस्थाको नाम झुन्डयाए, गए कहिल्यै फर्केनन् । केही ठाउँमा हामीले आफैं बिरुवा रोप्यौं, तैपनि संरक्षण गर्न सकेनौं,’ अस्पताल हाताको रक्तसञ्चार केन्द्रका कर्मचारी विजय पुनले भने, ‘फूलहरूको बगैंचा बनाउने भन्थे अहिले साइनबोर्ड नै बोर्डको बगैंचा मात्र बन्यो ।’
२ वर्षअघि चन्द्रकुमार केसी अस्पताल विकास समितिको अध्यक्ष नियुक्त भएपछि सरसफाइ अभियान सुरु भएको थियो । dsc08130स्वास्थ्यकर्मीहरू आफैं झाडी पन्छाउन सक्रिय भए । राजनीतिक दलका युवा तथा विद्यार्थी संगठनहरू, महिला तथा सामाजिक संघसंस्थाका अगुवा जुटेपछि झाडीभित्र छोपिएको अस्पताल छयांग बन्यो ।
‘अस्पतालभित्रको भौतिक वातावरणले मात्र पनि बिरामीको आधा रोग निको हुन्छ भन्छन्, त्यसैले अभियान थाल्यौंं,’ बगैंचा अभियन्ता तथा अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष चन्द्र केसी भन्छन्, ‘बगैंचा बनाउन विभिन्न संघसंस्थालाई जिम्मा पनि दियौं तर, काम भएन ।dsc08127   १५ बेडको जिल्ला अस्पतालको क्षमता वृद्धि गरी ५० बेडको बनाउने योजनाले पनि बगंैचा निर्माणलाई प्रभावित पार्‍यो ।’ यस्ता अभियान एक्लो व्यक्तिको जिम्मेवारी नभई सबैले बराबर ध्यान दिनसके मात्रै सफल हुने उनले बताए । dsc08129‘नेतृत्व फेरिनेबित्तिकै अघिल्लाले गरेका कामलाई निरन्तरता दिने चलन हाम्रो संस्कारै बनेको छैन,’ उनले भने, ‘त्यसैले सुरु–सुरुमा जसजसले सफाइ र वृक्षरोपणको काममा हात बढाए, तिनले पछि फर्केर हेरेनन् ।’ dsc08125 केसीले सुरु गरेको अस्पतालको प्रशासनिक, आर्थिक र बाहय वातावरणीय सरसफाइ कार्यक्रममध्ये अस्पतालको आर्थिक तथा प्रशासनिक सरसफाइ उदाहरणीय नै भएको थियो । सुरुवाती समयमा अभियानले प्रशंसा पनि पाएको अवस्था थियो ।

तर, कालन्तरमा बगैंचा बनेन, साइनबोर्डहरू मात्रै झुन्डिए । झाडी बढेर यतिबेला फेरि अस्पताल छोप्न लागेजस्तो देखिएको छ । बगैंचा संरक्षण गर्न झुन्डयाइएका साइनबोर्डले काँडा र झाडीलाई हुर्काइरहेको छ । इकान्तिपुर डट कम