यस्तो छ गलेश्वरमा शतबीज छर्नेको घुइँचो (फोटो सहित)

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १३ मंसिर ।dsc07573म्याग्दीको बेनी नगरपालिका ९ मा रहेको गलेश्वरमा शतबीज छर्नका लागि सोमबार झक्तजनको घुइँचो लागेको छ ।

बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन रहेको छ । कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सात थरिका बीउ छर्ने प्रचलन रहेको छ । यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन् ।dsc07571गलेश्वरमा सतबिज छर्नका लागि म्याग्दीको विभिन्न गाउँका साथै पर्वत, बागलुङ, मुस्ताङ, कास्की, चितवन, स्याङ्जा, तनहुँ, रुपन्देही र राजधानी काठमाडौबाट समेत भक्तजनहरु आएका छन् ।dsc07584द्वापरयुगमा सतिदेवीको गला पतन भएको मानिने गलेश्वरमा सतबीज छर्नका लागि हजाराँै भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो ।dsc07592पुजा व्यवस्थापन र सुरक्षाका लागि प्रहरीका साथै स्वमसेवकहरु परिचालन गरिएको छ । सावधानी नअपनाउँदा केही भक्तजनले लगाएको गहना हराएको छ । चोरीमा संलग्नको खोजीका लागि प्रहरीले सिमा नाकामा चेकजाँचमा कडाई र मन्दिर परिसरमा सर्तकता अपनाएको छ । dsc07580प्रहरी र गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधीकारीहरुले मन्दिरमा आउँदा गहना नलगाउन अनुरोध गरेका छन् । गलेश्वरमा पुजाआजाका साथै बालाचर्तुदर्शीको अवसरमा घुम्ती ब्यापार मेला समेत लाग्ने गर्छ । कपडा, भाँडावर्तन, काठका ठेका, डोका, नाङ्ला लगायतका सामाग्रीको किनमेल गर्नेहरुको चहलपहल बढेको छ ।