विकल्प न्यूज/बेनी
कार्तिक ८ गते । जिल्ला प्रशासन कार्यालय म्याग्दीले नेपालीहरुको महान चाड तिहारका अवसरमा हुने देउसी भैलो लगायत सांस्कृति कार्यक्रमहरु राति १० बजेभित्र गर्न आग्रह गरेको छ । कार्यक्रमहरु रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकुल असर पु¥याउन सक्ने हुँदा सुरक्षालाई दृष्टिगत गरि देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरु राती १० बजे भित्र सक्नुपर्ने प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताउनुभयो ।
अन्याथा प्रहरीले कारबाही गर्ने उहाँले बताउनुभयो । साथै जिल्ला प्रशासन कार्यालयले तिहार र छठको अवसरमका गरिने अतिशबाजी, पटाका, भुइचम्पाजस्ता प्रज्वलनशील पदार्थको उत्पादन, आयत, बिक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएकाले त्यसको प्रयोग नगर्न सर्वसाधारणलाई सुझाएको छ । यदि कसैले यस विपरित कार्य गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ ।