सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ४ असोज ।
संबिधान दिवस २०७३ त्रिदिवसीय कार्यक्रम गरि मंगलबार समापन गरिएको छ ।
जिल्ला अस्पताल म्याग्दीका बिरामी र म्याग्दी बालगृहका अनाथ बालबालीकाहरुलाई फलफुल वितरण गरेर आईतबारदेखि मनाउन सुरु गरिएको दिवसको समापन गरिएको हो । ३४ जना बिरामी र बालगृहका १२ जना बालबाललिकालाई फलफुल वितरण गरिएको म्याग्दी उद्योग वाणिज्य संघका दितृय उपाध्यक्ष सुबिन श्रेष्ठले जानकारी दिनुभयो ।
म्याग्दी उद्योग वाणिज्य संघको संयोजनमा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा लगायत संघका पदाधीकारीहरुले फलफुल वितरण गर्नुभएको थियो ।