ताजा समाचार:
Search

कुहुँको प्रगतिशिल सहकारीको साधारणसभा सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ४ असोज ।
प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड कुहुँ ३ को चौथो वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष पूर्णमाया शेरपुञ्जाको अध्यक्षता, जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक बिखर्ची)को प्रमुख आतिथ्यता, सचिव मुक्तिमाया पुनको सञ्चालन र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक रिता बरुवालको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो । 14322769_1246515145393005_8365914340105909694_nकार्यक्रममा ऋण उपसमितिका संयोजक यामकुमारी शेरपुञ्जा, सेयर सदस्य यामकुमारी जिसी, टकमाया पुन पुर्जा, देउराली युवा कल्वका सहसचिव एकजित रोका, दिपशिखा माविका प्रअ नन्दबहादुर खत्री र गाविस स्तरीय महिला सञ्जालका संयोजक गौमती रोकाले मन्तब्य व्यक्त गर्नुभएको थियो । कोषाध्यक्ष बिष्णुमाया पुनले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

७७३ जना सदस्यको २८ लाख ८६ हजार एक सय रुपैयाँ सेयर पुँजी , ५९ लाख ८६ हजार ४७१ रुपैया निक्षेप र ८८ लाख ८१ हजार ८०० रुपैया लगानी गरेको संस्थाले गत आर्थिक वर्षमा छ लाख ६५ हजार ४८९ रुपैया खुद मुनाफा गरेको प्रबन्धक अनिता रोकाले जानकारी दिनुभयो ।