चिमखोलामा चितुवाको आक्रमणबाट १४ वटा भेडा मरे

विकल्प न्यूज/बेनी
भदौ १८ गते ।
म्याग्दीको चिमखोला को दहबुकीमा चितुवाको आक्रमणबाट एउटै गोठका १४ वटा भेडा मरेका छन् ।

चिमखोला १ नामीलाका यमबहादुर बुढाको गोठमा शुक्रबार राती चितुवाले आक्रमण गरेर भेडा मारेको हो । १४ वटा भेडा मरेको र ६ वटा घाइते भएको कृषक बुढाले बताउनुभयो ।
छ वटाको समूहमा आएका चितुवाले आक्रमण गरेको उहाँले बताउनुभयो । करिब तिन लाख रुपैया बराबरको क्षति भएको छ । बुढाले चितुवा लखेट्ने प्रयास गरेपनि गोठमा एक्लै रहेकाले नसकेको बताउनुभयो ।

पछिल्लो समय म्याग्दीको चरन क्षेत्रमा चितुवाको आतंक बढेको छ । खोप्रा क्षेत्रमा पनि चितुवाले आक्रमण गरेर चौरीगाई र भेडाबाख्रा मारेर सताएको कृषकहरुले बताएका छन् ।