देविस्थानमा पहिरो जाँदा एक वेपत्ता

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १८ भदौ ।
म्याग्दीको देविस्थानमा पहिरोले घर बगाउँदा एक जना वेपत्ता भएका छन् । देविस्थान ५ घरथोकमा शनिबार बिहान पहिरोले घर बगाउँदा अन्दाजी ७० वर्षिय ओमप्रसाद भट्टचन वेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले भगबहादुर घर्ती र करिना बुढाको घर बगाएको प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले बताउनुभयो ।bikalpa news

पहिरोमा पुरीएर २ वटा गाई र एक वटा गोरु मरेका छन् । वेपत्ताको खोजी र घटनाको क्षत्ती विवरण संकलनका लागि ईलाका प्रहरी कार्यालय दरवाङबाट प्रहरी टोली घटनास्थल गएको छ ।

यसअघि बिहीबार राती म्याग्दीको बेग गाविस ६ बेगखोलामा आएको बाढीले ११ घर बगाउनुका साथै स्थानीय ४८ वर्षिय पूर्णबहादुर सिङ्जाली वेपत्ता भएका थिए । वेपत्ता सिङ्जालीको खोजी जारी रहेको छ ।