ताजा समाचार:
Search

बेगखोलाको बाढी सँगै टमायाको बगेको सपना

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
भदौ १७ गते ।
शुक्रबार दिनको दुइबजे तिर बेगखोलाका बाढीपीडितहरुलाई राहत वितरण भइरहेको थियो । आँखामा आँसु रसाएकाहरु राहत सामाग्री थाप्दै थिए । ज्यान बाँचेर सवै सिरी सम्पत्ती बेगखोलाको बाढीले कालीगण्डकी नदिमा मिसाइदिएपछि उनीहरु सुकुम्बासी भएका छन् । tamayaराहत सामाग्री थाप्नेको भिडमा टुप्लुक देखा परिन टमाया सिङजाली । उनी बेगखोलाको बाढीमा परेर वेपत्ता भएका पूर्ण प्रसाद सिङजालीकी श्रीमती हुन । रातको समयमा खोलामा बाढी आएपछि पूर्ण प्रसादले त्यहाँ रहेका १० घरपरिवारका मान्छेहरुलाई सुरक्षित स्थानमा पु¥याएर ज्यान जोगाएका थिए । तर उनी भने यो संसारबाट विदा भए । tamaya 1परिवार लगायत स्थानीयहरुलाई सुरक्षित स्थानमा सारेर पूर्ण प्रसाद लालपूर्जा र नागरिकता लिन बाढीको भेलमा पसेका थिए । श्रीमतीले नजान अनुरोध गर्दा पनि पूर्णप्रसाद मानेनन । पहिरोको चपेटामा परिसकेको घरमा उनी पुगेका थिए । घरमा पुगेको केही वेरमै उनलाई पहिरोले बगायो । केही समय लाइट वलेको देखेको उनकी श्रीमतीले बताइन । उनका दुइ छोरी र एक छोरा छन् ।