विभिन्न संघसंस्थाद्धारा बेगखोलाका बाढी पीडितलाई राहत वितरण

सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी १७ भदौ । म्याग्दीको बेगखोलाका बाढीपिडितहरुलाई जिल्ला विपद् ब्यवस्थापन समितिले राहत वितरण गरेको छ ।

बिहीबार राती बेगखोलामा आएको बाढीले घरबास गुमाएका पिडितहरुलाई पन्ध्रहजार रुपैयाका दरले राहत वितरण गरिएको हो । केन्द्रिय दैवी प्रकोप उद्धार समितिले प्रतिघरपरिवार दश हजारमा जिल्ला विपद् समितिले थप पाँच हजार थप गरेर वितरण गरीएको हो । beg 3बाढीबाट विस्थापित भएका दश घरपरिवारलाई सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्य र स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले राहत वितरण गर्नुभएको थियो । एक जना घरधनी उपलब्ध नभएकाले उनलाई पछि राहत उपलब्ध गराइने जनाइएको छ ।DSC02325यसैगरी बेगखोलाका बाढी पीडितहरुलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले एक एक सेट पाल, कपडा, भाडा, कम्बलका दरले राहत सामाग्री वितरण गरेको छ । शाखा सभापति लेखबहादुर हमालको नेतृत्वमा राहत सामाग्री वितरण गरिएको छ ।DSC03547म्याग्दी उद्योग वाणिज्य संघले खाद्य सामाग्री, खानेपानी तथा सरसफाई सब डिभिजनले पाईप र ड्रम, ओमकुमारी शान्ति कोष र बेनीमा रहेका लायन्स कल्बहरुले १३ थान ग्याँस चूल्हो सिलीण्डर र खाद्य सामाग्री, रोट्याक्ट कल्व अफ बागलुङ र सेभ द युथ बागलुङले २६ थान पाल र १३ बोरा चामल, दिदी बहीनी सहकारीले खाद्यान्न र नेपाली काँग्रेस जिल्ला कार्यसमिति म्याग्दीले पनि खाद्यान्न सहयोग गरेका छन् ।DSC02320बाढी पीडितहरुलाई स्थानीय निरबहादुर बुढाथोकीको जग्गामा अस्थाई टहरा बनाएर बसोबासको व्यवस्था मिलाइएको छ । प्रहरी, शशस्त्र प्रहरी, नेपाली सेना, बेगका बासिन्दा, रेडक्रसकर्मी र बेनीबाट गएका स्वमसेवकहरुले श्रमदान गरेर टहरा बनाएका हुन् । यातायात अवरुद्ध भएपछि स्वमसेवकहरुले राहत सामाग्री पहिरो पीडित वस्ने स्थान सम्म बोकेर पु¥याएका थिए । गाडीबाट पु¥याइएको राहत सामाग्री बोक्न अनेरास्ववियुका केन्द्रिय सदस्य प्रकाश पौडेल लगायतका युवाहरु खटिएका थिए । टहरा बनाउन खटिएका सुरक्षाकर्मी र स्वमसेवकहरुलाई बैसरीका पहिरो पीडितहरुलाई खाना, खाजाको व्यवस्थाको साथै १५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका छन् ।