बेगखोलाका बाढीपीडितहरुलाई राहत वितरण

विकल्प न्यूज/बेनी
भदौ १७ गते । जिल्ला प्रशासनले बेगखोलाका बाढी पीडितहरुका लागि प्रति परिवार १५ हजार रुपियाँका दरले राहत वितरण गरेको छ । DSC02325केन्द्रीय दैबी प्रकोपबाट प्राप्त भएको १० हजार र जिल्ला विपद् व्यवस्थापन कोषबाट पाँच हजार गरि प्रतिपरिवार १५ हजारका दरले बाढी पीडितहरुका लागि राहत वितरण गरिएको जिल्ला प्रशासनका लेखापाल त्रिविक्रम शर्माले जानकारी दिनुभयो । साथै जिल्लामा रहेका लायन्स क्लब र ओमकुमारी शान्तीकोषले आ–आफ्नो तरिकाले राहत संकलन गरि वितरण गरेका छन् । बाढी पीडित घरपरिवारहरुलाई रेडक्रसले पाल र लत्ताकपडा वितरण गरेको छ । विहिवार राती बेगखोलामा आएको बाढीक कारण ११ घर परिवार विस्थापित भएका छन् ।