अपडेटः बेगमा पहिरोले ११ घर बगायो,गाउँ बगरमा परिणत

विकल्प न्यूज/बेनी
भदौ १७ गते ।
म्याग्दीको बेग गाविस ६ मा बिहीबार राती गएको पहिरोले ११ घर बगाएको छ । पहिरो पछि खोल्सामा आएको बाढीले ११ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले जानकारी दिनुभयो । पहिरोमा परि स्थानीय प्रसाद सिन्जाली वेपत्ता हुनुभएको छ ।bikalpa news

उद्धारका लागि अहिले घटनास्थलमा प्रहरी र रेडक्रसको टोली पुगिसकेको छ । रेडक्रसका जिल्ला सभापति लेख हमाल र पत्रकार महासंघका अध्यक्ष सुरत केसी राहत समाग्री लिएर घटनास्थलमा पुग्नुभएको छ ।

पहिरोले बेनी जोमसोम सडकको एककिलोमिटर भन्दा वढी भागमा क्षति पु¥याएको घटनास्थलमा पुग्नुभएका हाम्रा सहकर्मी सन्तोष गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार बेनी जोमसोम सडकमा रहेको बेलीब्रीज पुल पहिरोले पुरेको बताउनुभयो । सडकको किनारमा रहेको गाउँ अहिले पुरै बगरमा परिणत भएको उहाँले बताउनुभयो । पहिरोको थप विवरण आउन बाँकी छ ।