ताजा समाचार:
Search

बेगमा पहिरोले छ घर बगायो

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १७ भदौ ।
म्याग्दीको बेग गाविस ६ मा बिहीबार राती पहिरो गएको छ । पहिरो पछि खोल्सामा आएको बाढीले छ वटा घर बगाएको खबर आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरोको थप क्षति र अन्य जानकारी भने प्राप्त भएको छैन् । बेनी, भगवती र गलेश्वरबाट घटनास्थलतर्फ प्रहरी टोली खटिसकेको प्रहरी निरिक्षक गुरुले बताउनुभयो । प्रहरी टोली घटनास्थल पुगेपछि थप जानकारी र क्षतिको विवरण प्राप्त हुने उहाँले बताउनुभयो ।bikalpa news

बेगखोलाका बासिन्दा नेत्र पुनले राती ठूलो बर्षा भएको र बिहानसम्म अध्यारै भएकाले कहाँ पहिरो गएको हो भन्ने विषयमा जानकारी प्राप्त हुन नसेकेको बताउनुभयो ।