ताजा समाचार:
Search

रतुवा मृगको उद्धार

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १६ भदौ ।
म्याग्दीको अर्मन ३ छिस्वाङमा बिहीबार मानवबस्तीमा आएको रतुवा मृगको उद्धार गरिएको छ ।

अर्मन र निस्कोट गाविसको सिमा क्षेत्रमा पर्ने खोल्सामा भेटिएको मृगको पाठोलाई स्थानीयबासीहरुले उद्धार गरि वन कार्यालयलाई बुझाएका हुन् । करिब एक वर्ष उमेर भएको सो भाले मृग (पाठो)को तौल अन्दाजी १२ किलोग्राम छ ।Ratuwa Mirga (2)मृगको पाठो भेटिएपछि स्थानीयबासीले बाबियाचौर प्रहरी चौकीलाई खबर गरेका थिए । बाबियाचौर ईलाका वन कार्यालयबाट गएको बन रक्षक बालकृष्ण सुवेदी, हिरालालप्रसाद जैसवाल र फरेष्टर सर्जन ओलीको टोलीले मृगलाई बेनी ल्याएका छन् ।

मृगको जिल्ला पशु सेवा कार्यालयमा स्वास्थ्य परिक्षण र उपयुक्त प्राकृतिक बासस्थानमा लगेर छोडीने बाबियाचौर ईलाका वन कार्यालयका सहायक वन अधिकृत लोमनाथ तिम्सीनाले बताउनुभयो । बन कार्यालयले वन्यजन्तुको चोरी शिकारी गर्नेहरुलाई पक्राउ गरि मुद्दा चलाउन थालेपछि स्थानीयबासी सचेत भएका छन् ।

पोल खुल्ने र कारबाही हुने दरले वन्यजन्तु भेटिएको अवस्थामा प्रहरी र वन प्राबिधिकलाई सूचना आउन थालेको सहयाक वन अधिकृत तिम्सीनाले बताउनुभयो । गत आर्थिक वर्षमा बन कार्यालयले वन्यजन्तु चोरी शिकारी सम्बन्धि तिन वटा मुद्दा चलाएको थियो ।