ताजा समाचार:
Search

जिविसमा कर्मचारी भर्ना विवाद ः मनपरी गर्ने एलडिओलाई कारवाही हुन्छ – स्थानीय विकास मन्त्रालय

विकल्प न्यूज/म्याग्दी
भदौ १६ गते ।
सङ्घिय मामिला तथा स्थानीय विकास मन्त्रालयले मनपरि तरिकाले नियम मिचेर कार्य गर्ने एलडिओलाई कारवाही हुने बताएको छ । म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले नियम मिचेर जिविस म्याग्दीमा कर्मचारी भर्ना गरेको विषयलाई स्थानीय विकास मन्त्रालयले यस्तो प्रतिक्रिया दिएको हो । gbs मन्त्रालयका सचिव महेन्द्र मान गुरुङले प्रचलित नियम कानुनलाई मिचर काम गर्ने अधिकार कसैलाई नभएको बताउनुभएको छ । उहाँले निमय मिच्ने एलडिओलाई कारवाही समेत हुने बताउनुभयो । स्थानीय निकायमा कर्मचारी भर्ना गर्ने निश्चित नियम कानुनहरु छन्,नियम वाहिर गएर कर्मचारी भर्ना गर्न पाइदैन,सचिव गुरुङले भन्नुभयो, ‘यदि यस्तो गरेको पाइएमा नियुक्त गर्ने अधिकारीलाई कारवाही हुन्छ ।’ उहाँले कानुनी प्रक्रिया नपुराई कर्मचारी भर्ना गरेको विषयमा आफूले तत्काल बुझेर कारवाहीको प्रक्रिया अगाडी बढाउने बताउनुभयो । Copy of LDO1 स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेल

 जिविस कार्यालय म्याग्दीले हालै मात्र रिक्त रहेका स्थायी पदहरुमा नियम मिचेर दुइजना कर्मचारी भर्ना गरेको थियो । स्थानीय स्वायत्त शासन नियमावली २०५६ को बर्खिलाप हुने गरि जिविस म्याग्दीले खुल्ला प्रतिस्पर्धा नगराइ कर्मचारी भर्ना गरेको हो । कर्मचारी भर्ना गर्दा विज्ञापन प्रकाशित गरि खुल्ला प्रतिस्पर्धाको माध्यमबाट नियुक्त गरिनुपर्नेमा भनसुनका आधारमा प्रचलित नियमलाई मिचेर भर्ना गरेपछि यसको सर्वत्र विरोध भएको छ ।

जिविसमा रिक्त रहेका स्थायी दरवन्दी सहायक पाचौ तह (नायव सुव्वा) स्तरको प्रशासन÷पञ्जिकरण र आन्तरिक लेखा परिक्षण शाखा हेर्ने गरि बेनी नगरपालिका ५ की सुनिता शर्मालाई भदौ १० गते देखि लागु हुने गरि नियुक्त गरिएको थियो । यसै गरि कम्प्युटर अपरेटर पदमा दरबाङ ९ की दिलमाया विटालुलाई भदौ १ गते नियुक्त गरिएको थियो । अवैध बाटोबाट नियुक्त भएका कर्मचारीहरुले जिविसमा हाजिर भइ जिम्मेवारी समालेका छन् ।

यता म्याग्दीका सभासद् रेशम वहादुर बानियाँले अबैध बाटोबाट कर्मचारी भर्ना गरिएको भन्दै विरोध गर्नुभएको छ । उहाँले यो भन्नुभयो,‘यो एलडिओको मनपरि हो यसलाई तत्काल बदर गर्नुपर्दछ ।’ यसलाई कार्यान्वयन हुन दिनुहुँदैन उहाँले भन्नुभयो । यस्तै अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुदिन पौडेलले नियम मिचेर गरिएको नियुक्तीलाई तत्काल बदर गर्नुपर्ने माग गर्नुभएको छ । उहाँले खुल्ला प्रतिस्पर्धाको माध्यमबाट कर्मचारी भर्ना गर्न माग गर्नुभयो ।  रिक्त पदहरुमा जिविसले लामो समय देखि पदपूर्ति प्रक्रियामा लगेको छैन । पदपूर्ति समितिलाई बेकम्मा बनाइएको जिविस स्रोत बताउछ ।