ताजा समाचार:
Search

आविस्कार केन्द्रलाई ओखरबोट माविका शिक्षक र विद्यार्थीहरुको सहयोग

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १५ भदौ ।
सूचना प्रबिधिका अभियन्ता महाविर पुनको पहलमा स्थापना हुन लागेको आविस्कार केन्द्रका लागि म्याग्दीको ओखरबोट माविका शिक्षक र विद्यार्थीहरुले सहयोग गरेका छन् । विद्यालयमा कार्यरत शिक्षक र विद्यार्थीहरुबाट आविस्कार केन्द्र स्थापनाका लागि १७ हजार २६० रुपैयाँ सहयोग जुटाइएको हो ।mahabir-pun१३ जना शिक्षक, कर्मचारी र २५० जना विद्यार्थीहरुले खाजा खर्च कटाएर आविश्कार केन्द्रलाई सहयोग जुटाएका लेखापाल नविन पुनले जानकारी दिनुभयो । म्याग्दी उद्योग वाणिज्य संघ मार्फत सहयोग रकम उपलब्ध गराईने लेखापाल पुनले बताउनुभयो ।