सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १५ भदौ ।
मानसीक रोगीहरुको संरक्षणमा खटिने उनिहरुका आफन्तहरु जुटेर म्याग्दीमा संरक्षण संस्था स्थापना गरेका छन् ।
मानसीक रोगको उपचारका लागि आर्थिक स्रोत जुटाउन आयमुलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले संस्था स्थापना गरेका हुन् । संस्थाले मानसीक रोगीहरुको हेरचाह, परामर्श र औषधि उपचारका लागि आर्थिक स्रोत जुटाउन उनिहरुको आफन्तहरुलाई लक्षित गरेर कार्यक्रम गर्ने जनाएको छ ।
लिड्स मार्फत मानसीक रोगीको पहिचान, परामर्श, औषधि उपचारका लागि सञ्चालित कार्यक्रम सकिएपनि त्यसलाई संस्थागत रुपमा निरन्तरता दिन संस्था स्थापना गरेको संस्थाकी देवी रेग्मीले बताउनुभयो ।म्याग्दीमा हाल ६९५ जनाले नियमित रुपमा मानसीक रोगको औषधी सेवन गरिरहेका छन् । संस्थाको परिचयात्मक कार्यक्रम तथा प्रथम साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । साधारणसभा तथा परिचयात्मक कार्यक्रमको सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले उद्घाटन गर्नुभएको थियो ।
सो कार्यक्रमका सहभागिहरुले मानसीक रोगको न्युनीकरणका लागि तनाव ब्यवस्थापन र खानपानमा ध्यान दिनुपर्ने बताएका थिए । स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेल, राजनितिक दलहरुको तर्फबाट नेपाली काँग्रेसका सचिव हरिकुमार श्रेष्ठ, जिशिअ रामप्रसाद अधिकारी, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष निशा शाही (जिसी)को अध्यक्षता, सचिव देवी रेग्मीको सञ्चालन र रमेश परियारको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा लिड्स संस्थाका कार्यकारी निर्देशक पदम श्रेष्ठले संस्थाको गतिबिधि र संरक्षक संस्थाको आवश्यकताको बारेमा प्रकाश पार्नुभएको थियो ।