विकल्प न्यूज/बेनी
भदौ १३ गते ।
न्यु वेष्ट आवासीय माविमा दुइ दिने खगोलीय मेला शुरु भएको छ । भदौ १३ गते सम्म संचालन हुने मेलाको पहिलो दिन आइतबार जिल्ला शिक्षा अधिकारि राम प्रसाद अधिकारीले डोमको ढोका खोलेर शुभारम्भ गर्नु भएको हो । बिद्यालय निरीक्षक विश्वराज रेग्मी श्रोत ब्यक्ती मोहन बानियाँ वेष्ट पोइन्ट फाउन्डेसनका अध्यक्ष सुबास्कुमार श्रेष्ठ, शिक्षक अभिभाबक संघका अध्यक्ष दिलकुमार श्रेष्ठ लगायतले प्रदर्शनीको पहिलो शो अबलोकन गर्नु भएको थियो ।
पहिलो दिन कक्षा ४ देखि ९ बि सम्मका करिब ७०० बिद्यार्थी र आमन्त्रित १५० जना जति अतिथिहरुले अबलोकन गरेका छन । १३ गते सोमबार कक्षा १, २, ३, ९सी र १० का करिब ७०० र कलेजका बिद्यार्थिले समेत अबलोकन गर्ने बताइएको छ । बिहान ११ बजे देखि संचालन भएको शो दिउसो ४.३० बजे सम्म बिद्यार्थी र त्यसपछि पर्बत कुस्मा देखि आउनुभएका विभिन्न निजि विद्यालयका प्राचार्य, प्रिन्सिपलहरु, म्याग्दी स्थित विभिन्न विद्यालयका प्राचार्य प्रधानाध्यापक श्रोत व्यक्तिहरु, म्याग्दी क्याम्पस प्रमुख तथा प्राध्यापक प्याब्सन म्याग्दीका अध्यक्ष पत्रकार लगायतले अबलोकन गर्नु भएको हो ।
४५ मिनेटको शोमा १० मिनेट ब्रिफिंग र ३५ मिनेट तारमंडल ग्रह यसको अबस्था लगायतका दृश्यहरु हेर्न सकिन्छ । जिल्ला शिक्षा अधिकारीले यस्ता कार्यक्रमले बिद्यार्थिलाई सिक्न धेरै सजिलो हुने र सिकाइको उपलब्धि प्रभाकारी हुने बताउनु भयो । विद्यालयका प्राचार्य गङ्गा प्रसाद खतिवडाका अनुसार बिद्यार्थीहरु अत्यन्तै उत्साहित र रमाई रहेको कारणले यसले पाठ््यक्रम र पाठ्यबस्तु संग जोडेर सजिलै संग बुझ्न सक्ने कुरामा सघाउने बताउनु भयो ।
इजमा मिडिया एण्ड म्यानेजमेन्ट प्रा लि को संयोजनमा चलायमान ग्रहशाला नाम दिइएको प्रदर्शनी सोमबार सम्म जारी रहने वष्ट पोइन्ट मिडिया हबका संयोजक कृष्ण जिसीले बताउनु भयो ।