ताजा समाचार:
Search

जिविस म्याग्दीमा अवैध बाटोबाट कर्मचारी नियुक्ती

विकल्प न्यूज/बेनी
भदौ १२ गते ।
जिल्ला विकास समितिको कार्यालय म्याग्दीले रिक्त रहेका स्थायी पदहरुमा अवैध बाटो प्रयोग गरि दुइजना कर्मचारी भर्ना गरेको छ । स्थानीय स्वायत्त शासन नियमावली २०५६ लाई मिचेर जिविस म्याग्दीले खुल्ला प्रतिस्पर्धा नगराइ कर्मचारी भर्ना गरेको हो । कर्मचारी भर्ना गर्दा विज्ञापन प्रकाशित गरि खुल्ला प्रतिस्पर्धाको माध्यमबाट नियुक्त गरिनुपर्नेमा भनसुनका आधारमा प्रचलित नियमलाई मिचेर भर्ना गरिएको पाइएको छ । gbsस्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले राजनीतिक दलको दवाव र भनसुनका आधारमा नियम मिचेर कर्मचारी भर्ना गरेको जिविस स्रोतले बताएको छ ।

जिविसमा रिक्त रहेका स्थायी दरवन्दी सहायक पाचौ तह (नायव सुव्वा) स्तरको प्रशासन÷पञ्जिकरण र आन्तरिक लेखा परिक्षण शाखा हेर्ने गरि बेनी नगरपालिका ५ की सुनिता शर्मालाई भदौ १० गते देखि लागु हुने गरि नियुक्त गरिएको छ । यसै गरि कम्प्युटर अपरेटर पदमा दरबाङ ९ की दिलमाया विटालुलाई भदौ १ गते देखि कार्यन्वयन हुने गरि नियुक्ती गरिएको छ ।
नियुक्त भएको पदको कार्य विवरण अनुसारको सेवा दिने गरि सेवा करार गरिएको भनि नियुक्ती पत्रमा उल्लेख गरिएको छ । स्थानीय स्वायत्त शासन नियमावली २०५६ लाई छल्न नियुक्ती पत्रमा सेवा करारमा लिइएको भन्ने शब्द प्रयोग गरिएको छ । यो स्थानीय निकायमा भनसुन र व्यक्तिगत तजविज प्रयोग गरि कर्मचारी भर्ना गर्ने सजिलो माध्यम भएपनि स्थानीय निकायमा सेवा प्रवाह गर्न कर्मचारी आवश्यक परेमा  नियमावलीको दफा २१७ मा  अप्राविधिक पदमा नियुक्त गर्न खुल्ला प्रतिस्पर्धाको माध्यमबाट खास अबधिका लागि करारमा नियुक्त गर्न सकिने उल्लेख गरिएको छ । जिविसले यो नियमलाई समेत ठाडै उल्ङघन गरेको देखिन्छ ।

जिविसको प्रशासन/ पञ्जिकरण र आन्तरिक लेखा परिक्षण शाखामा कार्यरत सहायक पाचौ तह (सुब्वा) स्तरका कर्मचारी तुलवहादुर बानियाँको उमेर हदका कारण यहि श्रावण २८ गते अवकाश भएपछि उक्त पद रिक्त भएको थियो । यस्तै हरि गौतम डिभि परेर अमेरिका पुगेपछि लामो समय सम्म कम्प्युटर अपरेटर पद पनि रिक्त थियो । स्थानीय स्वायत्त शासन नियमावलीमा एकवर्ष सम्म रित्त पदमा स्थायी पदपुर्ति हुन नसकेमा उक्त पद् स्वत खारेज हुने व्यवस्था छ ।

लामो सयम देखि जिविसमा रिक्त रहेका पदहरुको खुल्ला प्रतिस्पर्धाबाट परिक्षा लिएर भर्ना गर्नुपर्नेमा चोरबाटोबाट कर्मचारी भर्ना गर्नु स्थानीय स्वायत्त शासन नियमावलीको उल्ङघन भएको जिविसका एक कर्मचारीले बताउनुभयो । यसै गरि न्युनतम शर्त तथा कार्यसम्पादन मापन कार्यविधि २०६५ को सूचक ९ मा कर्मचारी व्यवस्थापन गर्दा स्थायी दरवन्दीमा अस्थायी कर्मचारी नियुक्ति गरेमा न्युनतम शर्त मापन तथा कार्यसम्पादन प्रभावित भइ भविष्यमा समेत दुरगामी असर पु¥याउन सक्ने कार्यविधिमा उल्लेख छ ।

स्थानीय निकायमा रिक्त रहेको स्थायी पदमा करार वा अस्थायी नियुक्त गर्दा खुल्ला प्रतियोगिताद्धारा खास अवधिका लागि स्थानीय स्वायत्त शासन नियमावलीको दफा २१५ बमोजिम गठन भएको पद्पुर्ति समितिको सिफारिसमा नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ । यस वारेमा थप जानकारी लिन स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेल सँग मोबाइलमा सम्पर्क गर्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन । नियुक्त भएका कर्मचारीहरु जिविसमा हाजिर भइ जिम्मेवारी समालिसकेका छन् ।