विकल्प न्यूज/बेनी
भदौ १२ गते ।
म्याग्दीको पिप्ले ९ मौवाफाँटमा आमा समुहको नेतृत्वमा गाउँघर किल्निक तथा महिला सामुदायिक भवन निर्माण भएको छ ।
विभिन्न निकायको सहयोगमा १० लाख ७३ हजार रुपैया लगानीमा पवित्र आमा समूहले निर्माण गरेको भवनको शनीवार पुर्व पशुपंक्षि विकास राज्यमन्त्री एवं सासंद नरदेवी पुनले उद्घाटन गर्नुभयो ।
आमा समुहका अध्यक्ष कमला केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पुनले समाजमा महिलाहरुले गरेको सफल नेतृत्वले सामाजीक विकृति, विसंगती न्युनीकरण हुने बताउनुभयो ।
उहाँले आमा समुहले गाउँघर किल्नीक भवन निर्माण गर्नु स्रहानीय काम भएको बताउँदै उक्त समुहले गाउँमा जाँडरक्सी र जुवातास नियन्त्रण सगै विभिन्न समाजीक विकृति न्युनीकरण र सामाजीक जागरणको लागि गरेका प्रयास सकारात्मक रहेको बताउनुभयो ।
नेपाली काँग्रेस म्याग्दीका कार्यवहाक सभापती केवि भण्डारी र नेकपा एमाले म्याग्दीका सचिब बालकृष्ण सुवेदीले राहुघाट जलविद्यूत आयोजना, गलेश्वर–मौवाफाँट सडक र मौवाफाँट– भगवती सडक लगायतका विकास निर्माण आयोजनाहरुलाई सम्पन्न गराउनको लागि आफुहरुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।कार्यक्रममा नेपाली काँग्रेस बेनी नगर समितिका सभापती अनोद श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिब गोरखनाथ सुवेदी, गाविस सचिब चित्रनाथ शर्मा, अनेमसंघका भूनु तिलिजा, ज्ञानोदय माविका अध्यक्ष अर्जुन सुवेदी, प्रअ निलकण्ट सुवेदी, जग्गादाताको तर्फबाट नवराज सुवेदी, महिला स्वास्थ्य स्वयमसेविका यसोदा सुवेदी, सञ्चारकर्मी सन्दीप रिजाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा आमा समुहका सचिब यामकुमारी गर्वुजाले प्रगती र कोषाध्यक्ष सिता खड्का खत्रीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने कमला सुवेदीले स्वागत र सचिब गर्वुजाले सञ्चालन गर्नुभएको थयो ।
यसैबिच उक्त अबसरमा बेनी स्थित विशाल हार्डवयर एण्ड जनरल सप्लार्यसका सञ्चालक मुकुन्द प्रसाद शर्मा र अमृत शर्माले गाउँको सरसफाईको लागि ८० हजार रुपैया बराबरको २० थान फोहोर फाल्ने डस्विन सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा भवन निर्माणमा आर्थिक सहयोग गर्ने चन्दातादाता र फोहोर व्यवस्थापनको लागि सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुती समेत राखीएको थियो ।