ताजा समाचार:
Search

बेनीमा कर संकलनका लागि घुम्ती शिवीर सुरु

विकल्प न्यूज/बेनी
भदौ ११ गते ।
म्याग्दीको बेनीमा आय र घरबाहल कर संकलनका लागि शनिबारदेखि घुम्ती शिवीर सुरु भएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको पहलमा आन्तरीक राजस्व कार्यालय पोखराले साना ब्यवसायी तथा करदाताको सुबिधाका लागि आयोजना गरेको शिवीर आईतबार सम्म चल्नेछ । Tax Sibirवार्षिक बिस लाख रुपैयाँ भन्दा कमको कारोबार गर्ने ब्यवसायीहरुबाट घरदैलोमै कर बुझाउने सुबिधा प्रदान गर्न शिवीर सञ्चालन गरेको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले जानकारी दिनुभयो । कर संकलनका लागि आन्तरीक राजस्व कार्यालय पोखराका कर अधिकृतद्धय सुर्य सुर्खाली र नारायणप्रसाद बास्तोला सहित सात जनाको टोली बेनी आएको छ ।

प्यानमा दर्ता भएका उद्योगी, व्यवसायीहरुबाट गत आर्थिक वर्ष २०७२७३ को आयकर संकलन गरिने टोलीले जनाएको छ । म्याग्दीमा रहेका करिब दुई हजार जना उद्योगी व्यवसायी मध्य शिवीर मार्फत एक हजार जना लाभान्वित हुने संघले जनाएको छ ।

वार्षिक विस लाख रुपैयाँ भन्दा बढीको कारोबार गर्ने र दुई लाख रुपैयाँ भन्दा बढी नाफा गर्ने मुल्य अभिवृद्धी करमा दर्ता भएका व्यवसायीले भने पोखरा पुगेर कर तिर्ने गरेका छन् । यसैबीच आइतबार बेनीमा स्थानीय ब्यवसायीहरुलाई चालु आर्थिक वर्षमा आर्थिक अध्यादेशले गरेका ब्यवस्थाहरुको बारेमा जानकारी गराइने छ । शिवीरका क्रममा कर सम्बन्धि नयाँ ब्यवस्थाको विषयमा राजस्व कार्यालय र स्थानीय ब्यवसायीहरुबीच अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको छ ।