विकल्प न्यूज/बेनी
भदौ ११ गते ।
म्याग्दीको बेनीमा महिलाहरुको सहभागिता र व्यवस्थापनमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लि.को पाँचौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
५३३ जना सदस्यको एक करोड ४३ लाख ९४ हजार एक सय रुपैयाँ शेयर पुँजी रहेको संस्थाले गत आर्थिक वर्ष २०७२०७३ मा पाँच करोड ४८ लाख ४४ हजार १५३ रुपैयाँ निक्षेप संकलन र पाँच करोड बिस लाख एक हजार २७० रुपैयाँ कर्जा लगानी गरेको साधारणभामा जानकारी गराइएको थियो ।गत आर्थिक वर्षमा ७८ लाख ४७ हजार ३७६ रुपैयाँ आम्दानी, ६६ लाख ८० हजार १९७ रुपैया खर्च र सात लाख १४ हजार ७१८ रुपैया मुनाफा गरेको संस्थाले मुठ्ठिदान अभियान सञ्चालन गरेर गरिब, विपन्न, अशक्त, असाहय, अपाङ्गता भएका नागरीकहरुलाई सहयोग गर्दै आएको छ । संस्थाले युवा स्वरोजगार कोष मार्फत ३१ लाख ९१ हजार ८८५ रुपैयाँ परिचालन गरेको छ ।
साधारणसभाको अवसरमा बेनपा ५ जरबुटाकी मृगौला रोगी इन्द्रा खत्री, झिँकी दृष्टिबिहीन छात्रा धनमाया बिक र मंगलाघाटकी पहिरो तथा भुकम्प पीडित लक्ष्मी बानियालाई पाँच हजार पाँच सय रुपैयाँका दरले सहयोग हस्तान्तरण गरिएको थियो । यसैगरी बेनपा १३ थामडाँडाका मृगौला रोगी तेजेन्द्र गुरुङलाई बिदेशबाट आएका दश हजारमा सहकारीले एक हजार १११ रुपैयाँ थप गरि सहयोग गरेको छ ।
समाचार लेखन मार्फत संस्थालाई सहयोग गरेको भन्दै पत्रकार प्रताप बानियाँलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष जमुना आचार्यको अध्यक्षता, सचिव बिष्णु गौतम सापकोटाको सञ्चालन र उपाध्यक्ष ज्योती लामिछाने पौडेलको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्की, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, ऋण तथा बचत सहकारी संघका अध्यक्ष अमृता भण्डारी, ओमकुमारी शान्ति कोषका संस्थापक चन्द्रकुमार केसी, लायन्स कल्व दोभानकी गिता शर्मा, युवा स्वरोजगार कोषका प्रतिनिधि विज्ञान सुवेदी, पत्रकार घनश्याम खड्का र सेयर सदस्य ज्ञानु बानियाँले मन्तब्य व्यक्त गर्नुभएको थियो ।