लायन्स क्लव अफ बेनी पिस सिटीद्धारा बोधिचित्तको विरुवा रोपण(फोटोसहित)

विकल्प न्यूज/बेनी
भदौ ११ गते ।
हालैमात्र बेनीमा गठन भएको लायन्स क्लब अफ बेनी पिस सिटीको आयोजनामा शनिबार विहान बोधित्तिको विरुवा रोपण गरिएको छ ।
बेनीमा क्रियाशिल अन्य लायन्स क्लबका सदस्यहरु  र स्थानीयवासीहरुको सहभागितामा बेनी नगरपालिका ५ डम्बरामा रहेको शिव मन्दीरको गुठी क्षेत्रमा ३५ वटा बोधिचित्तको विरुवा रोपण गरिएको लायन्स क्लब अफ बेनी पिस सिटीका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । क्लबको वार्षीक कार्यक्रम अनुसार बोधिचित्तको विरुवा रोपिएको उहाँले जानकारी दिनुभयो । DSC02184पछिल्लो समय बोधिचित्तको महत्व बढ्दै जानथालेको र अन्तराष्ट्रिय बजारमा माग उच्च भएकाले समुदायस्तरमा बोधिचित्तको व्यवसायिक खेतिको संभावना देखाउनका लागि विरुवा रोपिएको उहाँले बताउनुभयो । DSC02194म्याग्दी उद्योग बाणिज्य संघका महासचिव समेत रहनुभएका शाक्यले म्याग्दीमा पनि बोधिचित्तको व्यवसायिक खेतिको राम्रो संभावना भएको बताउनुभयो । रोपिएका विरुवाहरुको संरक्षणमा समुदायले अग्रसरता लिने डम्बराका स्थानीयवासी तथा समाजसेवी कृष्ण बानियाँले बताउनुभयो । DSC02190बोधिचित्त माला (बोलीचालीमा बुद्धचित्त) तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने जप गर्ने माला हो । यो एक प्रकारको वनस्पतिमा फल्ने गर्दछ ।DSC02188 खास गरी परापुर्वकाल देखी काभ्रेको तिमाल क्षेत्रमा मात्रा यसको विरुवा पाइने गरेको थियो । यसको प्रयोग र महत्व बारे हाल आएर व्यापक चर्चा भईरहदा उच्च बजारमूल्यले गर्दा किसान र व्यवसायीलाई अत्यन्तै फाईदा भैरहेको छ । अत्याधिक माग र उच्चा मुल्यको कारण व्यवसायिक खेति गर्ने थालिएको छ । DSC02192बयर प्रजातिको एक प्रकारको हल्का काडा हुने रुख जसको उत्पत्ति काभ्रे को टिमल क्षेत्र हो । बोधिचित्त जसको माग चीन, ताइवान, कोरिया , सिंगापुर उच्च छ । 14095762_1240040409371824_541806378604338250_nबोधित्तिको खेति गर्ने किसानहरुले वार्षिक लाखौ आम्दानी गर्ने गरेको पाइएको छ । यसको प्रति विरुवा पाँचसय रुपियाँ पर्दछ ।