बेनीमा राधाकृष्णको रथयात्रा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १० भदौ ।

बेनीमा शुक्रबार राधाकृष्णको रथयात्रा सम्पन्न भएको छ । कृष्णजन्माष्टमी पर्वको अवसरमा बेनीमा रहेको लक्ष्मीनारायण मन्दिर संरक्षण समिति र लिटिल गार्डेन एकेडेमीको पुर्व प्राथमिक तहले छुट्टा छुट्टै रथयात्रा गरेका हुन् ।DSC03327लक्ष्मी नारायण मन्दिर परिसरबाट झाँकी र भजन किर्तन सहित सुरु भएको रथयात्रा बजार परिक्रमा गरेर सोही ठाउँमा पुगी समापन भएको थियो । श्रीकृष्ण जन्माष्टमीको मध्यरात सम्म पुजाआजा हुने लक्ष्मी नारायण मन्दिर परिसरबाट भोलीपल्ट रथयात्रा निकाल्ने चलन रहेको छ । DSC03324यसैगरी लिटिल गार्डेन एकेडेमीको पुर्व प्राथमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुको सहभागितामा पनि श्रीकृष्ण रथयात्रा गरिएको छ । विद्यालय परिसरबाट सुरु भएको रथयात्रा अस्पतालचोक, शिक्षामार्ग, न्युरोड, लोकतान्त्रीक चोक, बालमन्दिरचोक, संगमचोक, गणेश टोल हुदै सोही ठाउँमा पुगेर सकिएको थियो ।

शिक्षक, शिक्षीका, सञ्चालक, कर्मचारी र विद्यार्थीहरु राधा र कृष्णको भेषमा सजिएर रथयात्रामा सहभागि भएका थिए । बालबालीकाहरुलाई चाडपर्व, संस्कृती र परम्पराको बारेमा ज्ञान होस भन्ने उद्देश्यले रथयात्रा गरिएको विद्यालयका प्रिन्सीपल प्रशान्तराज खनालले बताउनुभयो ।

यसैगरी नेपाल भाषा मंका खल म्याग्दीको टोलीले तनहुँको आवुखैरेनीमा पुगेर लाखे र नागानागीनी नाच प्रर्दशन गरेका छन् । आबुखैरेनीको भाषा मंका खलको निमन्त्रणामा त्यहाँ श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा लाग्ने मेलामा गएर नाच प्रर्दशन गरिएको भाषा मंका खल अन्तरगतको ल्याम पूचका अध्यक्ष सुबिन श्रेष्ठले जानकारी दिनुभयो ।