म्याग्दीमा करिब २७ लाख रुपैयाँ विद्युत महशुलको बक्यौता उठ्न बाँकी

सन्तोष गौतम/विकल्प न्यूज

म्याग्दी १० भदौ ।

नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले करिब २७ लाख रुपैयाँ बक्यौता विद्युत महशुल उठाउन बाँकी रहेको छ ।

कम्तीमा तिन महिनासम्म महशुल नतिर्ने २२० जना ग्राहकहरुबाट २६ लाख ७८ हजार ६३ रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको केन्द्रले जनाएको छ । १७७ जना ग्राहस्थ, ब्यापारीक चार, औद्योगीक १९ र गैह्ब्यापारीक २० जना ग्राहकबाट विद्युत महशुल उठ्न बाँकी देखिएको केन्द्रका ईञ्जिनियर निरज पौडेलले जानकारी दिनुभयो ।bhudut officeसमयमा बिद्युत महशुल नतिरेर बक्यौता राख्नेमा सरकारी कार्यालय देखि जिल्लाका नाम चलेका उद्योगी ब्यापारीहरु समेत रहेका छन् । तिन वटा मिटरबक्स जडान गरेको जिल्ला अस्पतालले आठ महिनादेखिको एक लाख रुपैयाँ बक्यौता तिरेको छैन् ।
रत्नेचौर स्थित बेनी नगरपालिकाको १ र २ नम्बर वडा र बाबियाचौर गाविस कार्यालय पनि महशुल नतिर्नेको सूचिमा छन् । महशुल नतिर्ने ग्राहक पहिचान गरि लाईन काट्न सुरु गरेको वितरण केन्द्रले जनाएको छ । बजार र ग्राािण क्षेत्रमा महशुल नतिरेका ग्राहक पहिचान गरि लाईन काट्न कर्मचारी खटाएको ईञ्जिनियर पौडेलले जानकारी दिनुभयो ।

दुई महिनासम्म महशुल नतिर्ने ग्राहकको प्राधिकरणले विद्युत लाईन काट्न पाउने नीतिगत ब्यवस्था छ । दुई महिनापछि महशुल तिर्दा २५ प्रतिशत जरिवाना तोकीएको छ । महशुल नतिर्ने ग्राहस्थ उपभोक्ताहरुमा धेरैजसो दलित समुदायका छन् । गत आर्थिक वर्ष २०७२७३ मा २० लाख ८४ हजार रुपैयाँ विद्युत महशुल नतिर्ने १०३ जना ग्राहकको लाईन काटिएको थियो ।

८८ जनाले करिब १८ लाख रुपैयाँ बक्यौता तिरेर लाईन काटेपछि पुन–विद्युत जडान गरेका थिए । १५ जना ग्राहकको नाम कालो सूचीमा राख्ने तयारी भएको छ । १४ हजार ३११ जना उपभोक्ता रहेको विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०७२७३ मा छ करोड चार लाख ५८ हजार ५७७ रुपैयाँ महशुल संकलन गरेको थियो । अन्य जिल्लाको तुलनामा म्याग्दीमा विद्युत खपत दर बढी रहेको छ ।