बेनीमा जारी एभरग्रिन कपको दोस्रो चरणको खेल सकियो

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ९ भदौ ।
बेनीमा सञ्चालित दोस्रो एभरग्रिन कप सेभेन ए साईड फुटबल प्रतियोगिताको तेस्रो दिन बिहीबार दोस्रो चरणको खेल सकिएको छ ।

पिसी गाईजलाई ०का विरुद्ध एक गोलले पराजीत गरेको आयोजक एभरग्रिन सी दोस्रो खेलमा रत्नेचौर फुटबल कल्वसंग तिन दुई गोल अन्तरले पराजित भएको छ ।DSC03267

राखुलाई ० का विरुद्ध १ गोल गरेर न्यु दोभान, पश्चिम म्याग्दीलाई २ का विरुद्ध ३ गोल गरेर एभरग्रिन ए, केपी गायज बिलाई ० का विरुद्द १ गोल गरेर म्याग्दी पुलीस, क्याम्पसचोक फुटबल कल्वलाई एकका विरुद्ध २ गोल गरेर एभरग्रिन बि, घरथोकलाई ० का विरुद्ध २ गोल गरेर रेवल म्याग्दी, लभहिललाई ० का विरुद्ध २ गोल गरेर मनसुन र केपी गायजलाई ५ का विरुद्ध ६ गोल गरेर जेपीसी दरवाङ क्वाटर फाईनलमा प्रवेश गरेका छन् ।
मंगलबारदेखि सुरु भएको ३२ टिम सहभागि प्रतियोगिताको शुक्रबार क्वाटर फाईनलको खेल हुने आयोजक एभरग्रिन युथ कल्वका उपाध्यक्ष विश्वास श्रेष्ठले जानकारी दिनुभयो । शनिबार सकिने प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश नगद ५१ ह्जार १११ र २८ हजार ८८८ रुपैया पुरस्कार पाउने श्रेष्ठले बताउनुभयो ।