मुस्ताङका सांसद गौचन मन्त्रिमा सिफारीस

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ९ भदौ ।
मुस्ताङका सांसद रोमी गौचन थकाली मन्त्रीमा सिफारीस हुनुभएको छ । वि.स २०७० मा भएको संबिधानसभाको दोस्रो निर्वाचनमा मुस्ताङबाट निर्वाचित गौचन नेपाली काँग्रेसको तर्फबाट मन्त्री बन्न लाग्नुभएको हो ।

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई गौचन सहित आफ्नो समूहबाट मन्त्रि बन्ने पाँच जनाको नाम बिहीबार सिफारीस गर्नुभएको छ । गौचन लगायतका नेपाली काँग्रेसबाट मन्त्री बन्नेहरुको शुक्रबार मन्त्रालयको टुङ्गो लाग्ने र सपथ लिने जनाइएको छ ।romi-gauchan-गौचन यसअघि पर्यटन सहायक मन्त्री बन्नुभएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा गठन भएको सरकारले करिब बिस दिनपछि पूर्णता पाउन लागेको हो । सरकारमा काँग्रेसले १३, माओवादीले ८ र राप्रपाले दुई मन्त्रालय लिएका छन् ।