धाइरिङमा समुहकै मिलेमतोमा सामुदायिक वन फडानी

अगन्धर तिवारी/विकल्प न्यूज
धाइरिङ (पर्वत) भदौ ९ गते ।
बस्तीनजिकैको सामुदायिक वन संरक्षणका लागि गठित समितिले नै वन मास्न सक्रिय भएपछि यहा“को सल्लेरी सामुदायिक वन दुइ वर्षमै उजाड भएको छ । २०५५ सालमा दर्ता भएको ६२ हेक्टर क्षेत्रफलको सामुदायिक वनका ठुल्ठुला रुख अहिले धमाधम गायव हुन थालेका छन् । गएको दुइ वर्षयता ठुल्ठुला रुखहरु रातारात गायव हुन थालेपछि वन बिनासमा समुहकै मुख्य पदाधिकारीहरुको संलग्नता रहेको खुल्न थालेको छ ।

kj{tsf] wfOl/ª:yLt ;Nn]/L ;fd'bflos jg . rf/ jif{cl3 ;Dd 3gf b]lvg] of] jg clxn] dfl;P/ phf8 5 . tl:a/M cuGw/ ltjf/L÷sflGtk'/गाउ“मा मोटरबाटो पुगेपछि एकाएक रुख मासिंदै गएको स्थानीय बताउ“छन् । ‘रुख बेचेको आम्दानी कतै देखिएको छैन,’ स्थानीय शिव आचार्यले भने, ‘जंगल सबै उजाड भइसक्यो ।’ अधिकांस सल्लो र सालका रुख मासिएको उनले बताए । ठुल्ठुला सल्लाका रुखहरु कहा“ र कति मुल्यमा बिक्रि हुन्छन् भनेर समुहको बैठकमा समेत कसैले कुरा उठाउन नसकेको आचार्यले बताए ।DSC02168वन मासिंदै गएपछि त्यहा“का वन्यजन्तु समेत लोप भएका छन् । आसपासमा पानीका मुल सुक्ने र गाउ“मा पहिरो खस्ने खतरा उत्तिकै भएको स्थानीय नवराज आचार्यले बताए । ‘पहिला पनि पहिरो गइराख्ने ठाउ“ हो,’ उनले भने, ‘जंगल बढेपछि केहि रोकिएको थियो, अहिले फेरी जोखिम बढेको छ ।’ वन मासिएकोबारे जिल्ला वन कार्यालयमा जानकारी गराए पनि कार्यालयले कारवाहि नथालेको स्थानीयको गुनासो छ । वन फडानीमा जिल्ला वन कार्यालयको समेत मिलेमतोको आशंका गरिएको एक स्थानीय युवाले आरोप लगाए । उनले भने,‘यसरी वन सखाप हुँदा पनि किन वन कार्यालय चुप लागेर वसेको छ ?’ यो शंकाको विषय हो ।DSC02173समुहका पदाधिकारी भने काठ बाहिर बिक्रि नगरेको दाबी गर्छन् । ‘बाहिर काठ बिक्रि गरेको भन्ने हल्ला मात्रै हो,’ समुहका अध्यक्ष बंधे नेपालीले भने, ‘उपभोक्ताहरुकै आवश्यकता पुरा गर्न काटिएको हो ।’ वनमा खेरजाने र पुराना रुखहरु मात्रै काटिएको उनले दाबी गरे । जिल्ला वन कार्यालयले अहिलेसम्म उजुरी नपरेकोले छानविन र कारवाहि गर्न नसकिएको बताएको छ । ‘उजुरी आएपछि मात्रै हामीले कारवाहि गर्ने हो,’ जिल्ला वन अधिकृत कृष्णप्रसाद ढकालले भने, ‘त्यहा“बाट अहिलेसम्म उजुरी गर्न कोहि आएकै छैन ।’