वेष्ट पोईन्टका राधा कृष्ण(फोटोफिचर)

विकल्प न्यूज/बेनी
भदौ ९ गते ।9
वेष्ट पोइन्ट मंटेस्वरीले बेनी बजारमा राधाकृष्ण रथ यात्रा गरेको छ । श्रीकृष्ण जन्माष्टमिको अवसर पारेर बिहिबार वेष्ट पोइन्ट मंटेस्वरीले साना साना नानिबाबुहरुलाई राधा कृष्णको स्वरुपमा रथमा सजाई भजन किर्तन सहित बजार परिक्रमा गरेका हुन । प्रत्येक वर्ष जन्माष्टमिको अबसरमा कार्यक्रम गर्ने गरेको वेष्ट पोइन्ट मंटेस्वरी संयोजक टि एम पुनले बताउनुभयो ।2(1)

यस वर्ष न्यु वेष्ट पोइन्ट शिक्षक अभिभाबक संघ अन्तर्गत गठित मटेस्वरी उप समितिका संयोजक बिपिन बानियाँको संयोजकत्वमा कार्यक्रम आयोजना गरिएको हो । क्याम्पस चोक बेनीबाट बिहान ८.३० बजे भजन किर्तन सहित शुरु भएको यात्रा हस्पिटल चोक, संगमचोक बालमन्दिर चोक, लोकतान्त्रिक चोक, हुलाक चोक, न्युरोड हुदै मंटेस्वरी प्रांगण क्याम्पस चोकमा आइ सम्पन्न भएको हो ।10मंटेस्वरी भवनको सभाहलमा पुजाअर्चना र प्रसाद वितरण, भजन किर्तन गरि समापन भएको कार्यक्रममा वष्ट पोइन्ट एजुकेशन फाउन्डेशनका सदस्यहरु शिब कुमार श्रेष्ठ, सुदर्शन कुमार श्रेष्ठ, शिक्षक अभिभाबक संघका अध्यक्ष दिल कुमार श्रेष्ठ लगायत विद्यालयका प्राचार्य, सह प्राचार्य, कलेज संयोजक, लेक्चरर, शिक्षक, बिद्यार्थी र अभिभाबक समेतको उपस्थिति थियो ।11शिक्षक कृष्ण जिसीको नेतृत्वमा श्रीकृष्ण चरित्र, बाल लिला पुतना बध, राधिका चरित्र लगायतको कथा र भजन बाचन गरिएको र बजार परिक्रमा गर्ने क्रममा बजारबासीले समेत पुजा अर्चना गरेको वष्ट पोइन्ट मिडिया हबका संयोजक कृष्ण जिसीले बताउनुभयो ।