रुट कायम भएको सडकमा नयाँ भाडादर लागू

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ९ भदौ । अस्थाई रुट कायम भएका म्याग्दीका ६ वटा सडकहरुमा नयाँ भडादर निर्धारण गरिएको छ ।

अञ्चल यातायात ब्यवस्थापन समितिको बुधबार बागलुङमा बसेको बैठकले म्याग्दीका छ वटा सडकमा सवारी सञ्चालनका लागि अस्थाई अनुमती (रुट परमिट) दिने निर्णय गरेको थियो ।

रुट कायम भएका सडकहरुमा नयाँ भाडादर कायम भएको म्याग्दीका प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । १७ किलोमिटर दुरीको बागलुङ–रत्नेचौर–बेनी सडकमा प्रतिकिमी ४ रुपैयाँ ७० पैसाका दरले एकमुष्ठ असी रुपैया प्रतियात्रु भाडा निर्धारण भएको छ ।DSC01065३० किलोमिटर दुरीको बेनी–दरवाङ–ताकम सडकमा प्रतिकिमी ८.५ रुपैया र अन्य सडकमा प्रतिकिमी १२ रुपैयाँका दरले भाडादर निर्धारण भएको प्रनाउ खड्काले बताउनुभयो ।
बेनीदेखि ताकम सम्मको २५५, बेनी देखि पाखापानी सम्मको २६४, बेनी देखि पिप्ले भगवती हुदै बेगसम्मको २०४, रत्नेचौर अर्जम हुदै भकुण्डेको १५६ र बेनी सिमलचौर हुदै कुहुँ सम्मको १७६ रुपैया भाडादर कायम भएको छ । अस्थाई रुट कायम भएका सडकमा व्यवसायीले अनुमती (रुट परमिट) लिएपछि मात्रै सवारी सञ्चालन गर्न दिने प्रहरीले जनाएको छ ।
बुधबार परमिट दिने निर्णय भएपनि बिहीबार बिदा परेकाले गत सोमबारदेखि ठप्प भएको म्याग्दीको बेनी जोमसोम बाहेकका सडकको यातायात सेवा आईतबार देखि सहज हुने यातायात ब्यवसायीले बताएका छन् ।