अवरुद्ध सडक खुलाउन समस्या

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ९ भदौ ।
पन्ध्र दिनदेखि अवरुद्ध बेनी–जोमसोम सडक खुलाउन समस्या उत्पन्न भएको छ ।
म्याग्दीको दाना गाविसको गुईठे र जलथलेको बिचमा निरन्तर पहिरो खसीरहेकाले सडक मर्मतमा समस्या भएको हो । सो ठाउँमा पहिरोले सडक भत्काएपछि विगत १५ दिनदेखि म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन हुन सकेको छैन् ।Road Khulauna Probleमुस्ताङमा उत्पादीत गाजर, तरकारी लगायतका कृषि उपज ढुवानी, तिर्थयात्री, पर्यटक र स्थानीय बासीलाई आवत जावत गर्न समस्या भएको दानाका होटल ब्यवसायी ईन्द्र सिङ शेरचनले बताउनुभयो । पहिरो गएको ठाउँमा मासिन पनि हिड्न सक्ने अवस्था नरहेकाले भुरुङ तातोपानीदेखि नारच्याङ हुदै गुईठे सम्म पैदलयात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
सडक डिभिजन कार्यालयले दुई वटा डोजर परिचालन गरेर सडक मर्मत गरि खुलाउने प्रयास भएपनि सफल हुन सकेको छैन् । सडक मर्मतका क्रममा माथिबाट खसेको ढुङ्गा लागेर बुधबार एउटा डोजरको सिसा फुट्नुका साथै चालक सामान्य घाइते भएका थिए ।
पहिरो नरोकीएकाले डोजरले काम गर्न नसकेको र पहिरो रोकीएको अवस्थामा डोजरले बनाएको ट्याक पुन पहिरो खसेर भत्कीने गरेको सडक डिभिजन कार्यालयका ईञ्जिनियर नारायण पौडेलले बताउनुभयो ।

डोजर र मजदुरले सडक खुलाउन असम्भव भएपछि नेपाली सेनाको सहयोगमा बिस्फोटक पदार्थको प्रयोग गरि मर्मत गर्ने तयारी भएको छ । बिस्फोट गराएर पहिरोको जोखिम रहेको पहाड फुटाउने र त्यसपछि ट्याक खोल्ने तयारी भएको ईञ्जिनियर पौडेलले बताउनुभयो । बिहीबार बेलुकीसम्म आवश्यक सामाग्री र उपकरण सहित सेनाको टोली त्यहाँ पुगेर काम सुरु गर्ने जनाइएको छ ।