ताजा समाचार:
Search

म्याग्दीमा निर्धारित मूल्य भन्दा वढीमा ग्यास बिक्री

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ८ भदौ । म्याग्दीमा तोकिएको भन्दा बढी मूल्यमा खाना पकाउने ग्यास बिक्री भएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले बुधबार बेनीमा गरेको बजार अनुगमनका क्रममा खाना पकाउने एलपीग्यास आयल निगमले निर्धारण गरेको भन्दा बढी मूल्यमा बिक्री भएको पाइएको हो । निगमले प्रतिसिलीण्डर ग्याँसको मूल्य एक हजार ३७५ रुपैयाँ निर्धारण गरेपनि म्याग्दीका ब्यापारीहरुले एक हजार ४२५ रुपैयाँ सम्ममा बिक्री गरेको पाइएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा नबिन सुवेदीले बताउनुभयो ।DSC02155

बढी मूल्यमा ग्याँस बिक्री गर्ने ब्यापारीहरुलाई निर्धारीत मूल्यमा बिक्री गर्न निर्देशन दिदै सचेत बनाइएको छ । अनुगमनलाई निरन्तरता दिने र निर्देशन पालना नगर्नेलाई कालोबजारी ऐन अन्तरगत मुद्दा चलाउने प्रशासनले चेतावनी दिएको छ । म्याग्दीका ब्यापारीहरुले ढुवानी भाडा भन्दै आयाल निगमले निर्धारण गरेको भन्दा बढी मूल्यमा ग्यासँ बिक्री गरेको अनुगमन टोलीले जनाएको छ ।gas1फाइल तस्विर

निगमले देशभर समान मुल्य कायम गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी खगराज पोख्रेलको नेतृत्वमा प्रहरी, नगरपालीका, उद्योग वाणिज्य संघ लगायत सरोकारवालाहरुको टोलीले बेनीका ग्याँस, खाद्यान्न र तरकारी पसलहरुको अनुगमन गरेको छ । टोलीले अद्यावधिक गरेर मूल्य सूचि तथा साईन बोर्ड राख्न, ब्यवसाय दर्ता गर्न र सरसफाईमा ध्यान दिन निर्देशन दिएको छ ।